एक करोड २२ लाख बढीको कारोबारसहित सकियो २७औँ फ्लोरा एक्स्पो

लोकप्रिय खबर
८ चैत २०८२, आइतबार

काठमाडौँ । राजधानीमा पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो सम्पन्न भएको छ। भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता र कारोबार वृद्धि देखिएको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङ (सुनिल)ले जानकारी दिए ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला चैत ८ गते (आइतबार) सम्पन्न भएको हो। मेलामा सुरुवातदेखि नै दर्शकको आकर्षण उच्च देखिएको थियो । फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता रहँदा २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दै ३१ लाख ८० हजार रुपैयाँको कारोबार गरेका थिए ।

चार दिनसम्म सञ्चालन भएको मेलामा कुल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् भने १ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ।

मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित गरी कुल ८३ वटा स्टल रहेका थिए। प्रदर्शनीमा सहभागी व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समेत समावेश गरिएको संयोजक तामाङले जानकारी दिए।

हाल देशभर ५२ जिल्लामा २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्याङ्क छ।

यद्यपि देशको कमजोर आर्थिक अवस्था र नीतिगत चुनौतीका कारण चालु आर्थिक वर्ष २०८१÷८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार घटेर ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६८ करोडभन्दा कम हो।

कारोबार घटे पनि विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। त्यस्तै, निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए ।

चार दिनसम्म चलेको एक्स्पो उत्साहपूर्ण सहभागिता र सकारात्मक आर्थिक सङ्केतसहित सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए ।

????????? ???? ?????? ??????
???????, ? ???? ?????????? ???????????????? ????????? ???? ?????? ????? ?????? ?????? ???? ?????? ????????? ? ?? ?? ?????? ???????–???? ???????? ???? ??????? ??? ??? ? ???? ??????? ???? ????? ??????? ?????????? ?????÷????

??????????? ??????? ????
????????, ? ???? ?????????? ???????????????? ????????? ???? ?????? ?????? ???? ?????? ???????–???? ???????? ?????? ?? ?????? ????????? ??????????? ?????? ???? ????? ??? ? ???? ?????? ??? ??? ? ???? ??????? ???? ???? ? ??????? ?????????? ?????÷????
???????? ???? ??????? ??????? ????? ??????
???????, ? ???? ?????????? ???????????????? ????????? ???? ?????? ?????? ???? ?????? ???????–???? ?? ?????? ?????? ??? ???????? ???? ??????? ??????? ????????? ????? ?????????? ??????? ?????????? ?????÷????
???????? ???? ??????? ??????? ????? ??????
???????, ? ???? ?????????? ???????????????? ????????? ???? ?????? ?????? ???? ?????? ???????–???? ?? ?????? ?????? ??? ???????? ???? ??????? ??????? ????????? ????? ?????????? ??????? ?????????? ?????÷????

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI