बखान उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

लोकप्रिय खबर
१२ चैत २०८२, बिहिवार

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको ऐतिहासिक कृति बखानलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।
साहित्य संगम चितवनले हरेक वर्ष वितरण गर्ने यो पुरस्कार यो वर्ष बखान उपन्यासकालागि पत्रकार बसन्त पराजुलीलाई प्रदान गर्न लागिएको हो ।
साहित्य संगमका अध्यक्ष शशिकिरण रेग्मीले आगामी शनिवार एक कार्यक्रमका विच सो पुरस्कार वितरण गरिने जानकारी दिनुभयो । पुरस्कारको राषी २० हजार रुपियाँ नगद, दोसल्ला र सम्मान पत्र रहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालिन आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक विषय वस्तुलाई उपन्यासमा शसक्त रुपमा उठान गरिएको छ । अध्यक्ष रेग्मीले चितवन सहिदहरुको रगतले सिंचित भएको र उनिहरुकै पृष्ठभूमिमा रहेर बखान उपन्यास लेखिएकाले यो वर्षको पुरस्कार छनौटमा परेको जानकारी दिनुभयो ।
२०६४ सालमा स्थापना भएको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार यस अघि १२ जना स्रष्टा सम्मानित हुनुभएको छ ।
पराजुलीका यस अघि कुमाता, मोम्चो र अग्रेजीमा ड्रिमी आइज कथासंग्रह प्रकासनमा छन् । झण्डै दुई दशक समयदेखि पत्रकारितामा कृयाशिल पराजुली अहिले चितवनलाई आधार बनएर पत्रकारिता गर्नुहुन्छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI