मिलिजुली टोल विकास संस्थाको नयाँ अध्यक्षमा विशाल पौडेल
रत्ननगर नगरपालिकाको वडा नम्बर १ मा रहेको मिलिजुली टोल विकास संस्थाको वार्षिक साधारण सभा र छैटौं अधिवेशन सम्पन्न भएको छ।

वडा सदस्य गिरिराज लम्साल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा संस्थाले वर्षभरि गरेका काम, आम्दानी–खर्चको हिसाबकिताब र आगामी दिनमा गर्ने कामहरुको बारेमा छलफल भएको थियो।

यसै अधिवेशनबाट विशाल पौडेल सर्वसम्मत रूपमा संस्थाको नयाँ अध्यक्षमा चुनिनुभएको छ।
नयाँ अध्यक्ष पौडेलले टोलको विकास गर्ने, समाजमा सबैलाई मिलाएर लैजाने र इमानदारी तथा जिम्मेवारीपूर्वक संस्थाका कामहरू अगाडि बढाउने वाचा गर्नुभएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस