रत्ननगरको रोडसाइड क्लिनिकद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर
रत्ननगर, जेठ २ ।
रत्ननगरको रोडसाइड क्लिनिकले पूर्वी चितवन र आसपासका स्थानीय बासिन्दालाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
शिविर जेठ २ गते शनिबारका दिन आज रत्ननगरको सौराहा चोकस्थित क्लिनिकको आफ्नै परिसरमा सञ्चालन हुनेछ । शिविरको उद्घाटन बिहान ८ः३० बजे हुनेछ । क्लिनिकका नवराज अधिकारीले दिएको जानकारी अनुसार शिविर बिहान ९ः३० बजेदेखि बेलुका ४ः०० बजेसम्म चल्नेछ । बिरामी दर्ता भने बिहान ९ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म मात्र खुला रहनेछ ।
शिविरमा निःशुल्क उपलब्ध हुने विशेषज्ञ सेवाहरूमा नाक, कान र घाँटी,आन्तरिक चिकित्सा, बाल रोग, सामान्य शल्यक्रिया, हड्डी तथा जोर्नी रोग, छाला रोग, मुटु तथा रक्तसञ्चार र स्त्री रोग तथा महिला स्वास्थ्य सेवा रहेका छन् ।
यसैगरी, २५ प्रतिशत छुटमा कानको सुन्ने क्षमता जाँच, साना शल्यक्रिया, रगत परीक्षण, आँखा जाँच तथा चस्मा र दन्त उपचार सेवा उपलब्ध हुनेछन् ।
क्लिनिकले शिविरमार्फत पूर्वी चितवन तथा आसपासका सेवा नपुगेका समुदायलाई सहज, गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेको छ ।




लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस