बीपीपी विश्वविद्यालय बेलायत कै सर्वोत्कृष्ट : विद्यार्थी भर्ना सुरु

लोकप्रिय खबर
१९ असार २०८३, शुक्रवार

रत्ननगर,असार १९ ।
उच्च शिक्षाका लागि बेलायत जान चाहने नेपाली विद्यार्थीहरूका लागि एउटा सुनौलो अवसर आएको छ। बेलायतको प्रतिष्ठित विद्यार्थी समीक्षा मञ्च ‘स्टुडेन्ट क्राउड’ ले सार्वजनिक गरेको सर्वश्रेष्ठ बेलायत विश्वविद्यालय २०२६ मा बीपीपी विश्वविद्यालयले सर्वोत्कृष्ट स्थान हासिल गर्दै पहिलो नम्बरको उपाधि पाएको छ।

यो वर्गीकरण कुनै प्रशासनिक समिति वा प्यानलले नभई, विश्वविद्यालयमा अध्ययनरत वास्तविक विद्यार्थीहरूको प्रत्यक्ष अनुभव, समीक्षा र अङ्क (रेटिङ) को आधारमा तयार पारिएको हो। जसका कारण यसलाई बेलायत कै सबैभन्दा विश्वसनीय र यथार्थपरक मानिन्छ।

बीपीपी विश्वविद्यालयले ५ मा ४.५४ को उत्कृष्ट समग्र विद्यार्थी अङ्क प्राप्त गरेको छ। विश्वविद्यालयले सहयोगी कर्मचारी र राम्रो प्राज्ञिक स्रोतहरू सहितको अनुकूल सिकाइ वातावरण प्रदान गर्ने विद्यार्थीहरूको अनुभव छ।

बीपीपी विश्वविद्यालय नेपालका आधिकारिक प्रतिनिधि तथा प्रबन्धक शिव के.सी. का अनुसार विश्वविद्यालयमा भदौ २०२६ (अगस्ट २०२६) को शैक्षिक सत्रका लागि आवेदनहरू खुला भइसकेका छन्। यहाँ निरन्तर आवेदन लिने व्यवस्था भएकाले इच्छुक नेपाली विद्यार्थीहरूले आफ्नो अनुकूलता अनुसार समयमै प्रक्रिया अगाडि बढाउन सक्नेछन्।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI