पूर्वी चितवन वितरक संघद्वारा व्यवसायी भेटघाट एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय खबर
२० असार २०८३, शनिबार

चितवन, २०८३ असार २० – पूर्वी चितवन वितरक संघको आयोजनामा होटल स्टार, रत्ननगर, चितवनमा ‘वितरक, होलसेल तथा खुद्रा व्यवसायी भेटघाट एवं अन्तरक्रिया कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ।

संघका अध्यक्ष विक्रम खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वितरक, होलसेल तथा खुद्रा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संघका सचिव टंक प्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संयोजन संघका उपाध्यक्ष गणेश लामिछानेले गरेका थिए।

कार्यक्रममा बोल्दै वक्ताहरूले व्यावसायिक अनुशासन, कर प्रणालीको पालना र स्वच्छ व्यावसायिक वातावरण निर्माणमा जोड दिएका थिए। कार्यक्रममा लेखापरीक्षकहरु सुमित कंडेल, प्रदिप राज ओस्ती र अधिवक्ता दुर्गा भन्डारी ओस्तीले व्यावसायिक कानुन, कर तथा लेखा प्रणालीका विषयमा प्रकाश पारेका थिए।

कार्यक्रममा शिब प्रसाद भुसालको व्यवसायी लक्षित प्रेरणादायी प्रस्तुती कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।

कार्यक्रममा मुख्य गरी व्यावसायिक पारदर्शिता, वित्तीय अनुशासन र कानुनी पालनाका विषयहरूमा छलफल गरिएको थियो ।

व्यवसायीहरूलाई भ्याट (VAT) बिल बिना कुनै पनि खरिद बिक्री नगर्न विशेष अनुरोध गरिएको छ।

कारोबारलाई व्यवस्थित गर्न बिल अनुसार मात्रै ‘A/C Pay’ चेक जारी गर्न र सम्पूर्ण हिसाब किताब दुरुस्त राख्न आग्रह गरिएको छ।

राज्यले तोकेका नीति नियमहरूको पूर्ण पालना गर्दै मर्यादित व्यवसाय गर्न व्यवसायीहरूलाई आह्वान गरिएको छ।

यसैगरी, बजार अनुगमन संयोजक तथा संघका कोषाध्यक्ष आशिष लामिछानेले व्यवसायीहरूलाई एक एरियाबाट अर्को एरियामा समान बिक्री वितरण गर्दा तोकिएको नियम र मर्यादाको ख्याल गर्न अनुरोध गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष विक्रम खड्काले संघले वितरकहरूको हकहित र व्यावसायिक सुदृढीकरणका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। यस कार्यक्रमको मुख्य उद्देश्य व्यावसायिक सम्बन्ध सुदृढ बनाउने, समसामयिक समस्या तथा चुनौतीहरूको समीक्षा गर्ने र स्वस्थ व्यावसायिक वातावरण निर्माण गर्नु रहेको थियो।

यस अन्तरक्रिया कार्यक्रमले पूर्वी चितवनका व्यवसायीहरूबीच आपसी समन्वय र सहकार्यलाई थप बलियो बनाउने विश्वास लिइएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI