चितवन जिल्लामा सञ्चालन गरिएको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सफलतापूर्वक सम्पन्न

आर्थिक गणना सफलतापूर्वक सम्पन्न भएपछि चितवनमा ‘स–धन्यवाद सहित फेरि भेटौँला र अनुभवको प्रमाणपत्र वितरण कार्यक्रम

सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्ने ३ जना गणकहरू पुरस्कृत

लोकप्रिय खबर
२१ असार २०८३, आइतबार

भरतपुर, चितवन।२०८३।०३।२० गते राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तर्गत चितवन जिल्लामा सञ्चालन गरिएको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सफलतापूर्वक सम्पन्न भएको अवसरमा सुपरिवेक्षक तथा गणकहरूको आयोजनामा ‘स–धन्यवाद सहित फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेल ज्यूको विशेष उपस्थितिमा जिल्ला आर्थिक गणना अधिकारी रेणु कुमारी घिमिरे ,जिल्ला आर्थिक गणना कार्यालयका कर्मचारीहरुरी, सुपरिवेक्षक तथा गणकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला आर्थिक गणना अधिकारी रेणु कुमारी घिमिरेले वास्तवमा अनुभवको प्रमाणपत्र वितरण सहितकोस–धन्यवाद अनि फेरि भेटौँला कार्यक्रम जिल्ला आर्थिक गणना कार्यालयकै तर्फबाट आयोजना गर्नुपर्ने भए पनि विभिन्न नीतिगत निर्णयका कारण त्यसो गर्न नसकिएको बताउनुभयो। उहाँले सुपरिवेक्षक तथा गणकहरूले स्वयं कार्यक्रम आयोजना गरेर आफ्ना भनाइहरु राख्ने अवसर प्रदान गर्नुभएको आभार व्यक्त गर्दै भन्नुभयो, तपाईंहरूले देखाउनुभएको आत्मीयता र माया जिल्ला आर्थिक गणना कार्यालय चितवन र म सधैँ सम्झिरहनेछु।
उहाँले राष्ट्रिय आर्थिक गणना, २०८२ लाई सफल बनाउन सुपरिवेक्षक, गणक, कार्यालयका कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। चितवन जिल्लाले निर्धारित लक्ष्यभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना भएको र देशभरका जिल्ला आर्थिक गणना कार्यालयहरू मध्ये प्रतिष्ठानहरूको गणना ५औ अग्रणी स्थान हासिल गरेको उल्लेख गर्दै उहाँले यो सफलता सम्पूर्ण सुपरिवेक्षक, गणक, कार्यालयका कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरूले सामूहिक मेहनत, र समर्पणको परिणाम भएको बताउनुभयो।

सुपरिवेक्षक तथा गणकतर्फ लक्षित गर्दै उहाँले आर्थिक गणनाले उनीहरूलाई केवल एउटा जिम्मेवारी पूरा गर्ने अवसर मात्र नभई राष्ट्रसेवाको अनुभव, व्यावसायिक दक्षता र आत्मविश्वाससमेत प्रदान गरेको उल्लेख गर्नुभयो। भविष्यमा सरकारी सेवा, विकासका कार्यक्रम तथा अन्य राष्ट्रिय अभियानहरूमा पनि यही इमान्दारिता, अनुशासन र जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
विशेष अतिथि प्रहरी उपरीक्षक रामेश्वर पौडेलले आर्थिक गणनाका क्रममा करिब दुई महिनासम्म फिल्डमा खटिएर काम गर्दा सहभागीहरूले हासिल गरेको अनुभव आगामी जीवन र सेवामा अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले युवाहरूलाई राष्ट्रसेवाप्रति समर्पित हुन आग्रह गर्दै भविष्यमा सरकारी सेवा तथा नेपाल प्रहरी सेवामा प्रवेश गरी देशको सेवा गर्न सबैलाई स्वागत गर्न आफू उत्सुक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राष्ट्रिय आर्थिक गणना राष्ट्रको आर्थिक योजना निर्माण, विकास नीति तथा स्रोत व्यवस्थापनको महत्वपूर्ण आधार भएकाले यस अभियानलाई सफल बनाउन खटिएका सम्पूर्ण जनशक्तिको योगदान प्रशंसनीय रहेको बताउनुभयो। यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने जिल्ला आर्थिक गणना समन्वय समितिका पदाधिकारी, स्थानीय तह, स्थानीय आर्थिक गणना समन्वय समितिहरू, जिल्ला आर्थिक गणना अधिकारी एव कार्यालयका कर्मचारीहरु सञ्चारकर्मी, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ चितवन, चितवन चेम्बर अफ कमर्स, विभिन्न संघ–संस्था, सुरक्षा निकाय तथा सही विवरण उपलब्ध गराउने सम्पूर्ण उद्यमी एवं व्यवसायीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
उहाँले भविष्यमा सञ्चालन हुने राष्ट्रिय अभियानहरूमा पनि यही समर्पण, इमान्दारिता र व्यावसायिकता कायम रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी सुपरिवेक्षक तथा गणकहरूले आर्थिक गणनाका क्रममा भोगेका अनुभव, चुनौती तथा सिकाइहरू एक–अर्कासँग साझा गरेका थिए। दुर्गम गाउँदेखि व्यस्त बजार क्षेत्रसम्म पुगेर आर्थिक प्रतिष्ठानहरूको विवरण सङ्कलन गर्दा प्राप्त अनुभवले आगामी दिनमा थप आत्मविश्वासका साथ राष्ट्रिय अभियानहरूमा सहभागी हुन प्रेरणा मिलेको उनीहरूले बताए।

सो अवसरमा सामाजिक सञ्जालमार्फत राष्ट्रिय आर्थिक गणना, २०८२ को प्रभावकारी प्रचार–प्रसार गरी जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने तीन जना उत्कृष्ट गणकलाई पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी समन्वय तथा सहजीकरण गर्ने सुपरिवेक्षक र गणकहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन गीत, नृत्य, कविता वाचन तथा ‘ट पोट्याटो खेलको आयोजना गरिएको थियो। विभिन्न विधामा प्रथम र द्वितीय र तृतिय हुने सहभागीहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
आयोजक सुपरिवेक्षक र गणकहरूको तर्फवाट कार्यक्रमको सञ्चालन सुपरिवेक्षकहरु बसन्त सिल्वाल ,स्वागत योजना रिजाल, र अन्त्यमा सौगात अर्यालले राष्ट्रिय आर्थिक गणना, २०८२ सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने सम्पूर्ण सुपरिवेक्षक, गणक, कर्मचारी, स्थानीय तह, सुरक्षा निकाय, सञ्चारकर्मी, उद्योग–व्यवसायी तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानहरूमा अवसर पाएमा पुनः सहभागि हुनेछौ भनि प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नभएको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI