जीएसटी कलेजद्वारा आयोजित लन्चप्याड भोल्युम–२ कार्यक्रम

लन्चप्याड भोल्युम–२ मा ‘ब्रेन ड्रेनदेखि ब्रेन गेनसम्म’ विषयमा विशेष प्यानल छलफल

लोकप्रिय खबर
१० साउन २०८३, आइतबार

रत्ननगर, श्रावण १०। जीएसटी कलेजद्वारा आयोजित लन्चप्याड भोल्युम–२ कार्यक्रम अन्तर्गतब्रेन ड्रेनदेखि ब्रेन गेनसम्म विषयमा विशेष प्यानल छलफल सम्पन्न भएको छ। रत्ननगरस्थित होटल स्टार चितवनमा आयोजित कार्यक्रममा नेपालमा बढ्दो प्रतिभा पलायन ब्रेन ड्रेन लाई अवसरमा रूपान्तरण गर्दै ब्रेन गेनको अवधारणा, युवाको नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सीपमूलक शिक्षा तथा नेपालमै रोजगारी र व्यवसायका सम्भावनाबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा श्री प्रज्वल दाहालले मोडरेटरको भूमिका निर्वाह गर्नुभएको थियो भने प्यानलिस्टका रूपमा कृषि उद्यमी तथा र सिजन १ का विजेता समृद्ध भन्तना र कल्पवृक्ष ग्रुपकी संस्थापक सीता अधिकारी सहभागी हुनुभएको थियो। प्यानलिस्टहरूले नेपालका युवामा रहेको क्षमता, सिर्जनशीलता र नवप्रवर्तनलाई स्वदेशमै उपयोग गर्न सके प्रतिभा पलायनलाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो। उहाँहरूले सीप, प्रविधि, उद्यमशीलता र सकारात्मक सोचका माध्यमबाट नेपालमै भविष्य निर्माण गर्न सकिनेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा फोब्स कलेजका प्राचार्य हरिशरण पाठकले युवाहरूलाई अवसरको खोजीमा विदेश जानुभन्दा आफ्नै देशमा अवसर सिर्जना गर्ने सोच विकास गर्न आग्रह गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, सीप र उद्यमशीलता नै समृद्ध नेपालको आधार हुने बताउनुभयो।

सभाध्यक्ष तथा जीएसटी कलेजका प्राचार्य राजकुमार दाहालले शिक्षाले केवल प्रमाणपत्र दिने नभई विद्यार्थीलाई नेतृत्व, नवप्रवर्तन र उद्यमशीलतामा सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले जीएसटी कलेजले विद्यार्थीलाई व्यवहारिक शिक्षा र नेतृत्व विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि ड्रिम्स कलेजका प्राचार्य दिवस मैनालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गोपीलाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो। साथै समृद्ध भन्तना, सीता अधिकारी, हरिशरण पाठक र राजकुमार दाहालले आ-आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा ड्रिम्स कलेजका प्राचार्य दिवस मैनाली, सौगात गुरुङ, योगेन्द्र मल्ल, गोपीलाल श्रेष्ठ, अनिल पौडेल, पदम पौडेल तथा अन्य विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।

प्यानल छलफलसँगै अक्षर व्याण्डको आकर्षक सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिता प्रमाणपत्र तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

जीएसटी कलेजका प्राचार्य राजकुमार दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमले युवालाई विदेश पलायनको विकल्प खोज्दै नेपालमै अवसर सिर्जना गर्ने सोच र उद्यमशीलताको संस्कार विकास गर्न महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI