ढिलासुस्ती नगर्न निर्माण व्यवसायीलाई रत्ननगरको निर्देशन

लोकप्रिय खबर
१८ साउन २०८३, सोमबार

रत्ननगर, साउन १८ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का बाँकी विकास आयोजनाहरू समयमै सम्पन्न गर्ने उद्देश्यले निर्माण व्यवसायी र नगरपालिकाका मेयर प्रलाद सापकोटा सहित सरोकारवालाहरूसँग समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको अध्यक्षतामा बसेको बैठकमा नगरका गौरवका आयोजनाहरू—रत्ननगर हरियाली पार्क, लौरीघोल ताल संरक्षण, सौराहा सडक स्तरोन्नति, नाला तथा बछौली मावि भवन निर्माण, र विभिन्न वडाका कालोपत्रे योजनाहरूको प्रगतिबारे समीक्षा गरिएको थियोे ।

कार्यक्रममा नगरपालिकाले निर्माण कार्यको गुणस्तर, नियमित अनुगमन र चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न पहिलो त्रैमासिकदेखि नै तीव्रता दिन व्यवसायीहरूलाई मेयर सापकोटाले निर्देशन दिएका छन । सो क्रममा निर्माण व्यवसायीहरूले भोगेका समस्याबारे ध्यानाकर्षण गराएका थिए भने मेयर सापकोटाले आवश्यक समन्वय, सहजीकरण र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI