जन्मदिनको खर्च कटाएर विपद् कोषमा ५ हजार ५ सय ५१ रुपैयाँ सहयोग
रत्ननगर (चितवन) — जन्मदिनमा गरिने फजुल खर्च र रमाइलोलाई कटौती गर्दै चितवनका एक युवकले विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेका छन्।
रत्ननगर नगरपालिका वडा नं. १५ निवासी जीवन बस्नेतले आफ्नो जन्मदिनको अवसरमा ५ हजार ५ सय ५१ रुपैयाँ नेपाली कांग्रेस चितवन जिल्ला विपद् कोषमा हस्तान्तरण गरेका हुन्। देशमा आइपरेको प्राकृतिक विपत्ति र संकटको घडीमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको बस्नेतले बताए।
पछिल्लो समय जन्मदिन तथा अन्य उत्सवहरूमा अनावश्यक तडकभडक र फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला बस्नेतले देखाएको यो मानवीय कार्यको स्थानीय स्तरमा प्रशंसा भएको छ। विपद्को समयमा समाजप्रतिको उत्तरदायित्व बोध गर्दै गरिएको यस सहयोगले अन्य युवाहरूलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने विश्वास लिइएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस