मेयर कप ब्याडमिन्टन : न्यौपाने र गुरूङ तथा दुई गुरूङको जोडी विजयी

लोकप्रिय खबर
९ मंसिर २०८२, मंगलबार
सारांश
Summary by AI
  • यहाँ लेखको संक्षिप्त सारांश दिइएको छ:
  • चितवनको कालिका नगरपालिकामा दोस्रो मेयर कप अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
  • प्रतियोगिताको 'बी' डिभिजनतर्फ केवल न्यौपाने र आयुश गुरूङ तथा 'सी' डिभिजनतर्फ साईमन गुरूङ र मदन गुरूङको जोडी प्रथम भएका छन्।
  • विजेताहरूलाई कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी लगायतले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए।
00:00 / 00:00
🔊
Audio By AI

रत्ननगर । चितवनको कालिका नरपालिका वडा नं. ३ कालिका कभर्ड हलमा सञ्चालित दोस्रो मेयर कप अन्तर जिल्ला व्याटमिन्टन प्रतियोगिता (पुरुष डबल ‘बी’ स्तर) को
प्रतियोगिता सम्पन्न भएको छ ।

‘बी’ डिभिजनतर्फ पूर्वी चितवन स्पोट्स क्लबका केवल न्यौपाने र आयुश गुरूङ तथा ‘सि’ डिभिजनतर्फ कालिका कभर्डहल व्याडमिन्टन व्यवस्थापन समितिका साईमन गुरूङ र मदन गुरूङको जोडी प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

दुई दिनदेखि कालिका कर्भड हलमा जारी जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिता सोमवार सकिएको हो ।

कालिका कभर्ड हल व्याडमिन्टन व्यवस्थापन समिति र कालिका नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको दोस्रो मेयर कप अन्तर जिल्ला व्याटमिन्टन प्रतियोगितामा ‘बी’ डिभिजनतर्फ उत्सव ईन्टरप्राईजेजका बिधान गुरूङ र अमन दराईको जोडी तथा ‘सी’ डिभिजनतर्फ अस्ठ पाख्रिन, राजु तामाङको जोडी उपविजेता बन्यो ।

तेस्रो हुनेमा ‘बी’ डिभिजनतर्फ धादिङका लक्ष्मी मल्ल ठकुरी, आकाश गुरूङ त्यस्तै, भरतपुरका शिव खड्का, सागर शर्मा तथा ‘सी’ डिभिजनतर्फ कालिका कभर्ड हल व्याडमिन्टन व्यवस्थापन समितिका फडिन्द्र लामिछाने, बुद्धि अधिकारी त्यस्तै, रामचन्द्र गिरी र देग वहादुर लामाको जोडी रहेको छ ।

प्रतियोगितामा ‘बी’ डिभिजनतर्फ प्रथम, द्वीतिय र तृतीयले क्रमशः ४० हजार, २० हजार र १२ हजार तथा ‘सी’ डिभिजनतर्फ प्रथम, द्वीतिय र तृतीयले क्रमशः २० हजार, १२ हजार र ८ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको कालिका कभर्ड हल व्याडमिन्टन व्यवस्थापन समितिका अध्यक्ष फडिन्द्र लामिछानेले जानकारी दिए ।

खेलका बिजेताहरूलाई कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, नगरका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं.३ का वडा अध्यक्ष बिरेन्द्र तामाङले पुरस्कार सहित प्रमाणपत्र बितरण गरेका थिए।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI