रत्ननगर जेसीजको अध्यक्षमा सविन मानन्धर

लोकप्रिय खबर
२७ मंसिर २०८२, शनिबार

रत्ननगर, मंसिर २७ ।
रत्ननगर जेसीजको २७औं वार्षिक साधारणसभा तथा २६ औं शाखा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको २७औं वार्षिक साधारणसभा तथा २६ औं शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि अध्यक्षमा जेसी सविन मानन्धर निर्वाचित भएका छन् । यस्तै कार्यकारणी उपाध्यक्षमा जेसी सचितराज जोशी र जेसी रोशन काप्री निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा जेसी अन्जना जोशी, जेसी सौगात रिजाल,जेसी शौरभ दुवाडी र जेसी सुवास पोख्रेल सर्वसम्मत चयन भएका छन् ।

बाँकी रहेका महासचिव, कोषाध्यक्ष लगायतका मनोनित पदमा पदस्थापन तथा पद हस्तान्तरका दिन मनोनयन गरिने शाखा अध्यक्ष जेसी बाबुराम परियारले बताए । युवाहरूमा नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि अहम् भूमिका खेल्दै आएको रत्ननगर जेसीजले सन् १९९९ देखि रत्ननगर लगायत पूर्वी चितवनमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूमा नेतृत्व विकासको लागि कार्य गर्दै आइरहेको छ ।

नवनिर्वाचित अध्यक्ष मानन्धरले आफ्नो कार्यकालमा युवाहरूको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि आफ्नो तर्फ बाट सक्दो पहल गर्ने बताएका छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI