रत्ननगरमा तेक्वान्दो प्रतियोगिता सुरु

लोकप्रिय खबर
२ माघ २०८२, शुक्रवार

रत्ननगरमा खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।

रत्ननगर ३ शान्तिचोकमा रहेको शान्ति ज्योति तेक्वान्दो डोजाङ्गको आयोजनामा शान्तिज्योति खुल्ला आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।

शान्तिज्योती युवा क्लबका अध्यक्ष अशोक भुसालको अध्यक्षतामा भएको कार्यक्रमको आज रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले समुद्घाटन गरेका छन। कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले खेलले सरिरमा सकारात्मक उर्जाको संचार हुने बताउदै शान्तीज्योति तेक्वान्दोले गरेको कार्यको मुक्तकण्ठले प्रसंसा गर्दै नगर सधै खेल र खेलाडीको प्रवर्द्धनमा तयार रहेको बताए। कार्यक्रममा रत्ननगर ३ का वडा अध्यक्ष सोहेन्द्रराज खरेल, सहिद स्मृति बहुमुखी क्यामपसका अध्यक्ष उत्तम आचार्य, प्रशिक्षक रोशन खान, राम थापा, सिंह बाहादुर लामा, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गोपाल श्रेष्ठ,जिल्ला तेक्वान्दो संघ चितवनका अध्यक्ष शैलेस श्रेष्ठ, रत्ननगर ३ का वडा सदस्य शिव खनाल, कार्यक्रमको आर्थिक संयोजक सुजन थापा, समाजसेवी उमेश गिरि, बलराम खनाल लगायतको उपस्थिति रहेको थियो।

यहि माघ २ र ३ गते सहिद स्मृति बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने प्रतियोगितामा चितवन, नवलपुर र धादिङका ७०० बढी खेलाडीहरुको सहभागीता रहेको कार्यक्रम संयोजक सुरेश अधिकारीले बताए।

रत्ननगर नगरपालिका संरक्षक र रत्ननगर ३ को वडा कार्यालय विशेष सहयोगी रहेको उक्त प्रतियोगितामा प्रथम हुने टोलिले १५००० दोस्रो हुने टोलि १०००० र तेस्रो हुने टोलिले ५००० प्राप्त गर्ने सह संयोजक बिष्णु अर्यालले बताए।

चितवन जिल्ला तेक्वान्दो संघका जिल्ला अध्यक्ष शैलेस श्रेष्ठले आफू नेतृत्वमा आए सङ्गै जिल्लाको विभिन्न डोजाङ्ग सङ्ग सहकार्य गर्ने उद्देश्य अनुरुप शान्ति ज्योती तेक्वान्दो डोजाङ्ग सङ्गको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा जिल्लाका अन्य डोजाङ्ग सङ्ग सहकार्य गर्दै कार्यक्रम आयोजना गरिने बताए।

प्रतियोगिताको एजुकेसन पार्टनरमा सहिद स्मृति बहुमुखी क्याम्पस, हस्पिटालिटी पार्टनरमा होटल भिस्टा चितवन र मिडिया पार्टनरमा विप्स मिडिया रहेको नेपाल तेक्वान्दो जिल्ला कार्यसमिती सदस्य अभिषेक गौतमले बताए।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI