रत्ननगर–९ मा लैङ्गिक हिंसा तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर ९ को आयोजनामा लैङ्गिक हिंसा तथा बढ्दो साइबर अपराधका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबार कार्यक्रम सम्पन्न भएको छ।
वडा भित्रका टोल विकास संस्था तथा सामाजिक संघ–संस्थाका करिब ७० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा लैङ्गिक हिंसा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका अधिकार र साइबर अपराधबाट जोगिने उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले यस्ता सचेतनामूलक कार्यक्रमले हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताए। उनले नागरिक स्वयं सचेत भए मात्र लैङ्गिक हिंसा र साइबर अपराध नियन्त्रण सम्भव हुने बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष अनन्त अधिकारीले वडा भित्र सुरक्षित र सभ्य समाज निर्माणका लागि वडाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताए।
वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले पछिल्लो समय साइबर अपराधका घटनाहरू बढ्दै गएकाले नागरिकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा वडा सदस्य सुस्मा खड्गाथोकीले स्वागत मन्तव्य राखेकी थिन ।भने प्रशिक्षकमा विनोद शर्मा, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी बरिष्ट नायव निरक्षक गोविन्द परियार, अधिवक्ता प्रिङ्का थापा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा रत्ननगरकी प्रमुख दिपा घिमिरेले सहजीकरण गरेका थिए।
ईकोपार्कमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले गरेका थिए। कार्यक्रममा वडा सदस्य कमलसिंह चौधरी र लेखबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस