चितवनमा फागुन १८ गतेदेखि मदिरा बिक्री-वितरणमा पूर्ण रोक

लोकप्रिय खबर
१३ फागुन २०८२, बुधबार

चितवन, १३ फागुन ।
आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी चितवन जिल्लाभर मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते साँझ ६:०० बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सभ्य, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI