पीएम कपमा आसिफ सेखको शतक

लोकप्रिय खबर
८ चैत २०८२, आइतबार

काठमाडौँ । जारी पीएम कपमा एपीएफबाट खेलिरहेका असिफ सेखले शतकीय पारी खेलेका छन् ।

आसिफले १०५ बलमा ११४ रन बनाएर आउट भएका छन् । बागमती प्रदेश विरुद्ध एपीएफबाट खेलिरहेका सन्दीप जोराले ५२ रनको अर्धशतकीय पारी खेलेर आउट भएका छन् ।

टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले यो समाचार तयार गरुन्जेल ४० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको छ । बागमतीका लागि रिजन ढकालले ४ विकेट लिएका छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI