सिसै टोल विकास संस्थाको अध्यक्षमा पुनः रामु पौडेल: नयाँ कार्यसमिति सर्वसम्मत चयन

लोकप्रिय खबर
२६ वैशाख २०८३, शनिबार

रत्ननगर नगरपालिका वडा नम्बर ९ स्थित सिसै टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन एक समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनले वर्ष २०८२ देखि २०८५ सम्मको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

सिसैका स्थानीय टोलबासीहरूको तीव्र इच्छा, चाहना र विशेष आग्रहलाई मध्यनजर गर्दै संस्थाको अध्यक्ष पदमा पुनः रामु पौडेल नै दोहोरिनुभएको छ। पौडेलको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा ठगना महतो, सचिवमा वेदनाथ रिमाल र सहसचिवमा सीता घिमिरे चयन हुनुभएको छ। त्यसैगरी, संस्थाको आर्थिक कार्यभार सम्हाल्न कोषाध्यक्षको जिम्मेवारी हेमा अधिकारीलाई दिइएको छ भने सह-कोषाध्यक्षमा सचिन आचार्य चयन हुनुभएको छ। कार्यसमितिका सदस्यहरूमा क्रमशः मिरा महतो, तारा पौडेल र प्रेमप्रसाद शर्मा रहनुभएको छ।

संस्थाका अध्यक्ष रामु पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर वडा नम्बर ९ का वडा अध्यक्ष अनन्त अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरीले विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा सिसैका स्थानीय टोलबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित जनसमुदायले सर्वसम्मत रूपमा चयन भएको नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै टोलको विकास र स्तरोन्नतिमा आगामी दिनमा थप प्रभावकारी काम हुने विश्वास व्यक्त गरेका थिए।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI