चितवनका ८४० परिवारलाई लालपुर्जा ,राज्यकोषमा १५ करोड राजस्व संकलन
ध्रुवराज खनाल ,बैशाख २७ गते ।
भुमि समस्या समाधान आयोग मार्फत चितवनमा ८ सय भन्दा बढी परिवारले जग्गाधनी पुर्जा ( लालपुर्जा ) प्राप्त गरेका छन् ।
चितवनमा २०८१ सालमा आयोग गठन भएको थियो । यो छोटो अबधिमा ८४० परिवारलाई लालपुर्जा वितरण गरिएको भुमि समस्या समाधान आयोग चितवनका निवर्तमान अध्यक्ष इमानसिंह लामाले जानकारी दिए । जिल्लाको भरतपुर ,रत्ननगरका सुकुम्बासीले लालपुर्जा पाएका हुन् ।
आयोग गठन पश्चात् एक पटक आयोग विगठन र जेनजी आन्दोलनका कारण पूरा समय आयोगले काम गर्न भने पाएन । जेन्जी आन्दोलनका वितरणको क्रममा तयारी अवस्थामा रहेका सयौं विवरण जलेर नस्ट भए पनि आयोग ब्युतिए पछि विवरण अध्यावधिक गरि प्रक्रिया अगाडि बढाईएकोमा अहिलेको सरकारले ल्याएको अध्यादेश पछि हजारौं सुकुम्बासी समुदाय लालपुर्जा प्राप्त गर्नबाट बन्चित भएको निवर्तमान अध्यक्ष लामाले बताए ।
आयोग विगठन र जेनजी आन्दोलनका कारण १४ महिनाको अवधिमा ११ महिना त हात बाँधेर बस्नुपर्यो ,निवर्तमान अध्यक्ष लामाले भने – काम हुनै लागेका अन्तिम चरणमा पुगेका ७ हजार फाइलहरु, १७ हजार कित्ताहरु प्रमाणित भएका नक्साहरु जेन-जी आन्दोलनमा खरानीमा परिणत भए ।
आफुले मैले पदभार ग्रहण गरेको ४५ दिन पछि समितिका सदस्यहरु नियुक्ति गरेर पठाए,करिब ४ महिना पछि काम गर्ने कर्मचारी पठाएको लामाको भनाई छ ।
काम गर्ने समय १४ महिनाको अवधिमा ३ महिना मात्रै पायौं तर पनि सबै सबै सरोकारवाला निकायहरूको पुर्ण सहयोगले गर्दा कार्यसम्पादनमा नेपालकै उत्कृष्ट जिल्ला चितवन भएको लामाको दावी छ ।
८४० जना परिवारबाट राज्य कोषमा करोडौं रकम जम्मा समेत भएको छ । यो अबधिमा १५ करोड १० लाख ४ हजार ५५० रुपैयाँ राजस्व संकलन भएको आयिग चितवनका निवर्तमान अध्यक्ष लामाले जानकारी दिए ।
२०८१ मा गठित जिल्ला आयोगहरु मध्ये सबैभन्दा अगाडि लालपुर्जा बाँड्ने देशकै पहिलो जिल्ला चितवन रहेको दावी गर्दै अध्यक्ष लामाले जनप्रतिनिधि ,समिति सदस्य ,कर्मचारी ,दलका नेताहरु सबैलाई धन्यवाद दिएका छन् ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस