रत्ननगरमा कजारिया रमेश टायल्सको आधुनिक शोरुम उद्घाटन, विश्वस्तरीय टायल्स अब रत्ननगरमै उपलब्ध
रत्ननगर, चितवन ।
प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडको उत्कृष्ट टायल्स उत्पादनको नयाँ शोरुम चितवनको रत्ननगर–१० मा सञ्चालनमा आएको छ । चितवनमा सो कम्पनीको यो नवौं शोरुम हो । चितवन हाडवेयर एन्ड सेनेटरीमा स्थापना गरिएको उक्त शोरुमको उद्घाटन मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले एक विशेष समारोहका बीच गरेकी हुन् ।
जेठ २४ गते आइतबार आयोजित उद्घाटन कार्यक्रममा कम्पनीका कन्ट्री हेड अभ्यास भूषण तिवारी, सेल्स हेड विकास खनाल, एरिया सेल्स म्यानेजर विकास गौतम तथा कम्पनीका शोरुम डिजाइनर नारायण कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका उत्पादनहरूको आधिकारिक बिक्रेताको रूपमा चितवन हाडवेयर एन्ड सेनेटरीका प्रोप्राइटर सुर्यमणि ढकाललाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

चितवन हाडवेयर एन्ड सेनेटरीद्वारा सञ्चालित यस नयाँ शोरुमले पूर्वी चितवनको रत्ननगर तथा आसपासका क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कार्यक्रममा उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न प्रतिष्ठित व्यक्तित्व, निर्माण व्यवसायी, स्थानीय ग्राहक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनीका प्रतिनिधिहरूले कजारिया सधैं गुणस्तर, नवीनता र विश्वसनीयताको पर्यायका रूपमा स्थापित हुँदै आएको उल्लेख गर्दै नयाँ शोरुम त्यसैको निरन्तरता भएको बताएका छन् । आधुनिक जीवनशैली र आकर्षक आन्तरिक सजावटको बढ्दो मागलाई मध्यनजर गर्दै ग्राहकलाई एउटै स्थानबाट विविध डिजाइन र गुणस्तरीय टायल्स छनोट गर्ने सुविधा उपलब्ध गराइएको उनीहरूको भनाइ छ ।
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा सञ्चालित कजारिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरिसकेको छ । करिब ४०० करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त उद्योगले नेपाललाई टायल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । स्थानीय कच्चा पदार्थको प्रयोगमार्फत वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने क्षमता रहेको उद्योगले हजारौं रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।

अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमार्फत कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरका टायल्स उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ८ हजारभन्दा बढी डिजाइन विकल्पहरू बजारमा उपलब्ध गराउँदै आएको छ, जसले घर, कार्यालय तथा व्यावसायिक संरचनाहरूको आन्तरिक तथा बाह्य सजावटलाई थप आकर्षक, आधुनिक र दीगो बनाउन सहयोग पुर्याएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ६०×१२० से.मी. र ६०×६० से.मी.का ग्लेज्ड भिट्रिफाइड टायल्स, १९.५×१२० से.मी.का वुडन फिनिस टायल्स, ४०×४० से.मी.का हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल्स तथा ३०×६० से.मी. र ३०×४५ से.मी.का सिरेमिक वाल टायल्स समावेश छन् । पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध यी उत्पादनहरू नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै रत्ननगरका ग्राहकहरूले अब विश्वस्तरीय कजारिया टायल्सका नवीनतम डिजाइनहरू आफ्नै क्षेत्रमा अवलोकन तथा खरिद गर्न सक्ने भएका छन् ।




लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस