शुभारम्भ एकाडेमीमा ज्ञानराज/खिलकुमारी विष्ट पुस्तकालय
२० आषाढ २०८३ रत्ननगर,
रत्ननगर नगरपालिका वडा नम्वर १० मा रहेको शुभारम्भ एकाडेमीमा विद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष सविता वोहराको अध्यक्षता तथा लाइसियम डेभलपमेन्ट सञ्चालक समितिका अध्यक्ष डा.श्री शरदचन्द्र काफ्लेको प्रमुख आतिथ्यमा शनिवार एक समारोह विच ज्ञानराज÷खिलकुमारी विष्ट पुस्तकालय शुभारम्भ भयो । विद्यालय सञ्चालहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षासेवी महानुभावहरु, छिमेकि टोल विकास संस्थाका अध्यक्षहरु, विद्यालयका शिक्षक कर्मचारीहरुका साथै बालक्लव, इकोक्लव, स्काउट, रेडक्रस आदिका विद्यार्थीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर १२ शुभलक्ष्मी टोल निवासी ९६ वर्षिय पुस्कालय अभिवृद्धिकर्ता दाता श्री ज्ञानराज विष्ट र उहाँकि धर्म पत्नी ८५ वर्षिय श्रीमति खिलकुमारी विष्ट लगायत संवर्धक दाताहरु क्रमसः बासुराज विष्ट, शोभा विष्ट, बटुकराज विष्ट, कल्पना विष्ट, भवानी विष्ट, माधवी विष्ट र इन्दिरा विष्टलाई सम्मान गरिनुका साथै हालसालै तथ्याङ्क शास्त्रमा पिएचडि सम्पन्न गरि डा. उपाधि प्राप्त गर्न सफल हुनु भएका सञ्चालन समितिका अध्यक्ष डा. शरदचन्द्र काफ्लेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यको क्रममा डा. काफ्लेले विभिन्न अनुसन्धानको विश्लेषण गर्दै डिजिटल दुनियाबाट फिजीकल दुनियामा प्रवेश गराउन विद्यालयमा स्थापित पुस्तकालयको ठुलो महत्व रहेकोले यस्को कुशल व्यवस्थापन भई भरपुर उपयोग हुने विश्वास व्यक्त गर्दै दाता र दाता परिवार प्रति आभार प्रकट गर्नु भएको थियो भने सभापतिको मन्तव्यको क्रममा कार्यक्रमा सभापति सविता बोहराले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै सबै प्रति आभार प्रकट गर्नु भएको थियो ।
रत्ननगर नगरपालिका वडा नम्वर १० मा अवस्थित छिमेकि टोल विकास संस्थाका अध्यक्षहरु क्रमस गायत्री अधिकारी, शालिग्राम पौडेल, ठाकुर प्रसाद पौडेल, ज्ञानेन्द्र श्रेष्ठ,लक्ष्मीधर शर्मा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा पर्सौनी टोल विकास संस्थाका अध्यक्ष बेद प्रसाद पाण्डेले समुदाय तथा टोल विकास संस्थासंग समन्वय गरि विगत देखिनै शुभारम्भ एकाडेमीले सञ्चालन गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै विद्यालयका लागि मात्र नभई समुदायका लागि समेत ध्यान दिई स्थापना भएको पुस्तकालयले पठन गर्न चाहने जो सुकैलाई पनि फलदायी भएकोले आफु लगायत टोलवासीले यस्को भरपुर उपभोग गर्ने र विद्यालयलाई समेत सहयोग गर्न आफुहरु सधै सकारात्मक रहेका विचार प्रस्तुतगर्नु भएको थियो ।
विद्यालयका सहप्राचार्य भिमा कुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा रत्ननगर नगरपालिका वडा नम्वर १० कि वडा सदस्य गोमा भण्डारीले पुस्तकालयले स्थापनाको उद्धेश्य पुर्ति गरि समाजमा शिक्षाको ज्योति फैलाउन सफल होस भन्ने शुभकामना व्यक्त गर्नु भयो भने वैरिया मा.वि.का पूर्व प्रधानाध्यापक निलकण्ठ शर्माले विशाल पूर्वाधार सहित निर्माण सम्पन्न भएको शुभारम्भ एकाडेमीले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पनि सोही ढंगले अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दै दाता परिवारको प्रशंसा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले डिजिटलाईज बन्दै गएको मानविय दैनिकीले धैर्यता र आपसी सद्भावमा ल्याएको कमीलाई चिर्दै पुस्तकालयले धैर्यता संगै ज्ञानको अभिवृद्धि गर्न कोषेढुङ्गा सावित हुने र परिवारजनमा आमावावु प्रतिको कर्तव्य समेत बोध हुने विचार व्यक्त गर्नु भएको थियो भने संवर्धक दाता तथा ज्ञानराज विष्टका जेष्ठ सुपुत्र बासुराज विष्टले आफु विद्यालय जान नपाए पनि बुबाले आफु लगायत पाँच भाई बहिनीलाई पढाउन गर्नु भएको कठिन परिश्रमको चर्चा गर्नु हुँदै आफु सानो छँदा बुबाले कपडा पछि किन्दा हुन्छ पहिला किताव कापी किन्नु पर्छ भन्ने गरेको स्मरण गर्नु भयो र वुवा आमाको जन्म दिवस पारेर वर्षेनी कम्तीमा दश हजार बरावरका पुस्तकहरु विद्यालयलाई सहयोग गरि रहने बचनवद्धता समेत प्रकट गर्नु भयो ।
उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै विद्यालयका प्राचार्य पशुपति उपाध्यायले पुस्तकालयको व्यवस्थापनमा कुनै कमी नहुँने, सार्वजनिक विदाको दिन समुदायकालागि पुस्तकालय खुल्ला गर्दै पठन संस्कृतिको विकास गर्ने बचनवद्धता प्रकट गर्दै दाता परिवार प्रति आभार प्रकट गर्नु भएको थियो भने दाता ज्ञानराज तथा खिलकुमारी विष्टकि माईली सुपुत्री माधवी विष्टले बुबा आमाको त्यागको सम्मान स्वरुप सपनाको उज्यालो शिर्षकको कविता समेत बाचन गर्नु भएको थियो ।




लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस