पन्चकन्या विद्या मन्दिर बाल क्लबद्वारा बाल दिवस विशेष कार्यक्रम सम्पन्न
रत्ननगर, भदौ १४, २०८३।
पञ्चकन्या विद्या मन्दिर बाल क्लबको आयोजनामा बाल दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि भुवन सिंह थापा, विशिष्ट अतिथि दीपक लामिछाने तथा अतिथि लक्ष्मी भट्टको उपस्थिति रहेको थियो। कार्यक्रममा बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै बाल अधिकार, बाल सहभागिता र सामाजिक उत्तरदायित्वका विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रमकै अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित तथा पीडितहरूका लागि विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट रु. २५,००० संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गरिएको छ। यस कार्यले बाल क्लबको सामाजिक सेवाप्रतिको प्रतिबद्धता र मानवीय भावनालाई उजागर गरेको छ।
कार्यक्रमले बालबालिकामा नेतृत्व क्षमता, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा बाल क्लब संयोजक टिमका शान्ति सुबेदी, चन्दा रिमाल तथा समिक्षा भट्टराईको पनि सक्रिय सहभागिता रहेको थियो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस