काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको छ ।
आज बिहान लामिछाने दम्पत्तिलाई पुत्रीलाभ भएको हो । काठमाडौंको ग्रान्डी अस्पतालमा बिहान सात बजे खगेन्द्र पत्नी रोजिना सिटौलाले शिशुलाई जन्म दिनुभएको छ ।
छोरी जन्मीएपछि ‘बा हुनु’को जिम्मेवारीबोध भएको लामिछानेले बताउनुभयो । शिशुको अवस्था स्वस्थ रहेको र पहिलो सन्तान प्राप्तीपछि खुसी भएको लामिछानेले बताउनुभयो ।