रत्ननगर । चितवनको रत्ननगरमा एकीकृत समाजवादी पार्टी पुर्नगठन गरिएको छ । नगर समितिको विहीबार सम्पन्न विस्तारित बैठकले नगर कमिटी पुर्नगठन गरेको हो ।
पुर्नगठिन नगर कमिटीको अध्यक्षमा हरिकुमार श्रेष्ठ, उपाध्यक्षमा रामहरि अधिकारी, निरज श्रेष्ठ र चिन्तामणि आचार्य, सचिवमा इश्वराज अधिकारी, सहसचिवमा सरस्वती लामा, माधव थपलिया र गोकर्ण गिरी रहेका छन् ।
सो पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने प्रमुख अतिथि रहेको बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालको समेत उपस्थिति रहेको थियो । बैठक बद्रिनाथ घिमिरेको अध्यक्षतामा भएको थियो ।