निर्देशक श्रीराम महतको अर्को फिल्म बन्ने, टिका प्रशाईको आवाजमा गीत रेकर्ड

काठमाडौ । निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट अन टाईटल प्रोजेक्टको आईतबार एउटा गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा भएको छ । चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र म त तिम्रै हुँ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो ।

एउटा चलचित्र निर्देशन पश्चात लामो समय हराएका निर्देशक अर्को चलचित्रको तयारीमा व्यस्त रहेको बताए । म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ्ग स्टुडियोमा महतको दोश्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । नेपाली सांगीतिक आकाशका अहिलेका चर्चित गायिका टिका प्रशाईको आवाजमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा बरिष्ट गीतकार हिरा काजी थापाले लेखेका हुन गीतमा शाहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।

आइटम गीत कम नै गएकी गायिका टिका प्रशाईले यस गीत सुनको बाला हातमा ले निकै राम्रो चर्चा पाउनेमा आफु ढुक्क रहेको बताईंन । मैले धेरै किसिमको गीत गएको छु तर यो सिनेमाको यस आइटम गीत भने मलाई फरक लाग्यो र मौलिक पनि छ आशा छ गीतको राम्रो चर्चा हुन्छ र यस गीतले सिनेमालाई पनि निकै राम्रो फाईदा गर्ने पक्का छ गायिका टिका प्रशाईले भनिन ।

 

कुल ४ गीत रहने यस अन टाईटल सिनेमा फुल लभ स्टोरीमा निर्माण हुने बताए निर्देशक श्रीराम महतले । केहि दिनमा नै औपचारिक जानकारी सहित सिनेमाको नाम सार्वजनिक गरिने बताउदै निर्देशक महतले यस सिनेमामा दुई नायिका रहने बताउनु बताए । नायक पनि हामीले बिचार गरिरहेका छौ तर यो बन्दबंदिले गर्दा हामि थप प्री प्रोडक्सनको काम लाई अघि बढाउन सकिरहेका छैनौ , यद्दपी दुई नायिका मध्ये एक जना पुरानै नायिका रहने छिन भने एक जना नायिका यस सिनेमा डेब्यु गर्नेछिनू निर्देशक महतले भने । हाम्रा निर्माता सबै बिदेशमा हुनुहुन्छ हाल म भने नेपालमा प्री प्रोडक्सन तिर व्यस्त छु अब यो बन्दाबंदिको सहज बाताबरणमा औपचारिक रुपमा घोषणा गर्ने बताए निर्देशक श्रीराम महतले ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker