रत्ननगरमा कांग्रेसको १६ वटै वडामा घरदैलो सुरु

रत्ननगर १८ बैशाख ।

नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा आइतवारदेखि घरदैलो सुरु गरेको छ । मेयर पदका उम्मेदवार प्रल्हाद सापकोटाले वडा नं १ बाट घरदैलोको उद्घाटन गरेका हुन ।

सो वडाबाट मेयर पदका उम्मेदवार सापकोटाले उद्घाटन गरेपछि १६ वटै वडामा औपचारिक रुपमा घरदैलो सुरु भएको हो । मेयरका उम्मेदवार सापकोटाले आइतवार वडा नं १ का मतदाताको घरघरमा पुगेर मत मागेका छन् । मेयर र उपमेयरमा गठबन्धन गरेका समाजबादीको तर्फबाट उपमेयर पदका उम्मेदवार बद्रिनाथ घिमिरे पनि घरदैलोमा सहभागी भएका थिए । सो वडाका वडाध्यक्षका उम्मेदवार कुलप्रसाद सापकोटा,वडासदस्यका उम्मेदवारहरु खुल्ला सदस्यहरु सुर्यविक्रम चौधरी,गिरिराज लम्साल,महिला सदस्य उमा पौडेल सुवेदी,दलीत महिला सदस्य विन्दु मगराती सहित नेता तथा कार्यकर्ताहरु घरघरमा पुगेर मत मागेका छन् ।

भक्तिनी बगैंचामा आयोजित कोण सभा मेयर पदका उम्मेदवार सापकोटाले एमालेका जनप्रतिनिधिले पाँच बर्ष नगर चलाउदा जनअपेक्षा अनुसार काम नगरेको भन्दै नगरको विकास र सुसासन स्थापित गर्न आफुले उम्मेदवारी दिएको बताए । उनले कृषि र पर्यटनको माध्यमबाट रोजगारी सृजना बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता जनाए । वडा नं २ का वडाध्यक्षका उम्मेदवार राजेन्द्र प्रसाद घिमिरे,वडा नं ३ का वडाध्यक्षका उम्मेदवार सोहेन्द्रराज खरेल,वडा नं ४ का वडाध्यक्षका उम्मेदवार रामकुमार चौधरी,वडा नं ५ का वडाध्यक्षका उम्मेदवार बालकृष्ण चापागाई,वडा नं ६ का वडाध्यक्षका उम्मेदवार किरण महतो,वडा नं ७ का वडाध्यक्षका उम्मेदवार लालबहादुर भट्ट,वडा सदस्यका उम्मेदवार सहित पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो गरेका छन् । त्यसैगरी वडा नं ८ का वडाध्यक्षका उम्मेदवार कृष्ण चौधरी,वडा नं १० का वडाध्यक्षका उम्मेदवार कलाधर पौडेल,वडा नं ११ का वडाध्यक्षका उम्मेदवार दिलीपचन्द्र घिमिरे,वडा नं १२ की वडाध्यक्षका उम्मेदवार अनिता अर्याल,वडा नं १३ का वडाध्यक्षका उम्मेदवार इश्वर खनाल,वडा नं १४ का वडाध्यक्षका उम्मेदवार होमनाथ रानाभाट,वडा नं १५ का वडाध्यक्ष दण्डपाणि लामिछाने र वडा नं १६ का वडाध्यक्षका उम्मेदबार बद्रि अर्याल तथा वडा सदस्यका उम्मेदवार सहित नेता तथा कार्यकर्ताहरुले घरदैलो मार्फत मत मागेका छन् ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker