गाइडियन्स एजुकेसन एण्ड भिसा सर्भिसेजको शाखा टाँडीमा

चितवन, असोज ५ । अष्ट्रेलियाको सिड्नी र काठमाडौँमा मुख्य कार्यालय रहेको गाइडियन्स एजुकेसन एण्ड भिसा सर्भिसेजको शाखा रत्ननगरको टाँडीमा शुभारम्भ भएको छ ।

वैदेशिक उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि लक्षितगरी टाँडीमा शाखा शुभारम्भ गरिएको हो ।

सो कन्सल्टेन्सीको एक समारोहबीच रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा र रत्ननगर–८ का वडाध्यक्ष कृष्ण चौधरीले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेका थिए । सोही समारोहमा रत्ननगर–२ का वडासदस्य रमा भट्टराईले पनि केक काटेर उद्घाटन गरेकी थिइन् । उनीहरुले विदेशमा उच्च शिक्षा हासिल गर्न पाउने अवसरको सदुपयोग गरी स्वदेश फर्किएर आफ्नो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भिसा सर्भिसेजका प्रबन्ध निर्देशक वीरेन्द्र चौधरीले विषय विज्ञहरुद्वारा आइएलटिएस, पिटिई, टोफेल कक्षा सञ्चालन गर्नुका साथै अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युरोप, युएसए, युके र जापान जान चाहने विद्यार्थीका लागि आवश्यक परामर्ष सहित डकुमेन्टेसन र भिसा प्रोसेसिङको काम गरिने जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker