नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र पार्क सफारी रिसोर्ट बिच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र पार्क सफारी रिसोर्ट प्रा.लि. बिच नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (Privilege Card) होल्डर, कर्मचारी, बचतकर्ता तथा शेयरधनीहरुलाई पार्क सफारी रिसोर्ट प्रा.लि ले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिने सम्झौता सम्पत्र भएको छ ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र पार्क सफारी रिसोर्ट प्रा.लि.का प्रवन्ध निर्देशक महेश खनालले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (Privilege Card) होल्डर, कर्मचारी, बचतकर्ता तथा शेयरधनीहरुले पार्क सफारी रिसोर्ट प्रा.लि.को सेवाहरु उपभोग गर्दा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । यस सम्झौतावाट बैंक तथा रिसोर्ट दुवै पक्षको ब्यावसायिक सम्बन्ध तथा ब्यावसाय सुदृढ हुने बिश्वास बैंकले लिएको छ । बैंकका बिशेषधिकार कार्ड (Privilege Card) होल्डर, कर्मचारी, बचतकर्ता तथा शेयरधनीहरुलाई रिसोर्टले प्रदान गरेको छुट सुबिधामा बैंकले प्रसन्नता ब्यक्त गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker