प्रथम रत्ननगर कप : भरतपुर २४ र एभरेष्ट फुटबल क्लव विजयी

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न दुई छुट्टाछुट्टै खेलमा भरतपुर २४ र एभरेष्ट फुटबल क्लव विजयी भएका छन् ।

पहिलो खेलमा कालिका १ लाई एकका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै भरतपुर २४ विजयी भएको हो । सो प्रतियोगितामा भरतपुर २४ का समिप ढकाल म्यानअफ दी म्याच घोषित भएका थिए । भरतपुर २४ को जितका लागि विशाल तामाङ, समिर तामाङ र सुजन श्रेष्ठले एक एक गोल गरेका थिए भने कालिका १ का लागि मदन तामाङले एक गोल गरेका थिए । शुक्रबार नै भएको दोस्रो खेलमा न्यू पञ्चदीप युथ क्लवलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै एभरेष्ट फुटबल क्लव विजयी भएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका एभरेष्टका रोशन क्षेत्री म्यान अफ दी म्याच घोषित भएका थिए । एभरेष्टको जितका लागि रोशन क्षेत्री र हार्दिक भण्डारीले एक एक गोल गरेका थिए । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका अध्यक्ष सन्देश पन्तले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका उपाध्यक्ष बाबुराम परियारले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker