नगर प्रमुख लामा र स्वास्थ्य विमा अभिकर्ता विच छलफल

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता माझ सहजिकरणको लागी निर्देशन दिएका हुन । विहिवार अभिकर्तासंग बैठक वसी घरघरमा गएर नगरका सवै नगरवासीको स्वास्थ्य विमा अभियानमा लाग्न निर्देशन दिएका हुन । अव राप्तीमा स्वास्थ्य विमा लागु भएसंगै जनताको लागी सहजताहोस र जानकारी पाउन भन्ने नगरको अभियान रहेको छ । नगरका जनतालाइ स्वास्थ्य परिक्षणमा कत्ति पनि कमि नहोस भन्दै भण्डारा अस्पतालमा स्वास्थय विमा सुरु भएको जानकारी दिन समेत अनुरोध गरे । नगरवासी अहिले खैरहनी र रत्ननगरमा सेवा लिन गइरहेका छन । अव भण्डारा अस्पतालमानै स्वास्थ्य विमा हुने भएपछि यसको सेवा लिन पाउनको लागी नगरवासी नछुटोस भन्दै जानकारी गराउन अनुरोध गरेका हुन ।
स्वास्थ्य बिमा कार्यक्रम भण्डारा अस्पतालबाटै भदौको दोस्रो सातादेखि लागू हुने प्रमुख लामाले बताए । यो कार्यक्रम लागू हुनुअघि आवश्यक औषधिको व्यवस्था हुनुपर्छ । ती औषधि खरिद गरेपछि सकेसम्म दोस्रो साताबाटै आफ्नै अस्पतालबाट बिरामीले सेवा लिन पाउनेछन् ।

राप्ती नगरपालिकाले वडा–वडाबाट निःशुल्क बिमा गर्ने व्यवस्था मिलाएको मेयर लामाले बताए । विशेषगरी, पहाडी वडाका समुदाय र तल्लो भेगका वडाका विपन्न समुदाय यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

राप्ती नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । निःशुल्क शिक्षा यसै वर्षदेखि लागू गरेको यो नगरपालिकाले केही समयअघि भण्डारा अस्पतालको स्तरोन्नति गर्दै ओपिडी भवन सञ्चालनमा ल्याएको थियो । बिरामीको सहजतालाई मध्यनजर गर्दै बिरामी हुँदा उपचारमा लाग्ने रगतको खर्चसमेत नगरपालिकाले उपलब्ध गराउने गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन, रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरिसकेको छ ।

बैठकमा सहभागि विमा अभिकर्ता सुभद्रा चौधरीले विमा गराउन मोवाइल आवश्यक परेको भन्दा नगरपालिकाले उपलव्ध गराइदिनु पर्ने बताइन । आफु संग भएको मोवाइलले राम्रो काम नगरेको भन्दै नगरले आवश्यक समन्वय गर्नुपर्ने बताइन । बैठकमा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं १३ का अध्यक्ष अशोक कुमार प्रजा , राप्ती नगर प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने लगायतकाको उपस्थिती रहेको थियो । शाखाका उपप्रमुख राममणी सिलवाल सहजीकरण गरेका कार्यक्रममा शाखा प्रमुख सुरेश न्यौपानेले स्वास्थ्य विमाको वारेमा प्रकाश गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker