युवा संघ खैरहनी अध्यक्षमा गुरुङ , युथ फोर्स र साइवर सर्कल पनि गठन

भदौं १ गते । रास्ट्रीय युवा संघ नेपाल खैरहनि नगर कमिटिको अध्यक्षमा निरन गुरुङ चयन भएका छन् । नगर कमिटीको शुक्रबार सम्पन्न प्रथम अधिबेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । संघको उपाध्यक्षमा बिक्रम चौधरी ,सचिवमा सन्तविर मोक्तान ,सहसचिवहरुमा कृष्ण प्रसाद बर्तौला र कृष्टिना चौधरी ,कोषाध्यक्षमा माधव रानाभाट चयन भएका छन् । महिला बिभाग प्रमुखमा किस्मिता मोक्तान चयन भएकी छन् । अधिबेशनले युथ फोर्स बिभाग र साइवर सर्कल पनि गठन गरेको छ । युथ फोर्स बिभाग अध्यक्षमा दिवाकर बस्नेत ,उपाध्यक्षमा जीवन थापा मगर,सचिवमा गोपाल प्रजापति ,सहसचिवहरुमा अनमोल गिरि र ज्योति शाही,सदस्यमा मनदिप राना चयन भएका छन् । नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रदेश सांसद जेएन थपलियाको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले साइवर सर्कल बिभाग अध्यक्षमा राजिव सडौला,उपाध्यक्षमा रुपेश अर्याल र सचिवमा नोसान मोक्तानलाई चयन गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker