थाकस चितवन क्षेत्र नं. ७ ले जितिया पर्व एउटै मञ्चबाट मनाउने

रत्ननगर, भदौ १५ । थारु कल्याणकारीणी सभा चितवन क्षेत्र नं. ७ ले थारु महिलाहरुको सबैभन्दा ठूलो चाड जितिया पर्व यस वर्ष क्षेत्रिय रुपमा एउटै मञ्चबाट मनाउने भएको छ ।
थाकस भवनमा शुक्रवार बसेको बैठकले क्षेत्र नं. ७ का विभिन्न स्थानहरुमा कार्यक्रमको आयोजना गर्नुभन्दा एउटै मञ्चबाट गर्दा प्रभावकारी देखिने भएकाले सो निर्णय गरिएको थाकस क्षेत्र नं. ७ का सभापति रामेश्वर चौधरीले जानकारी दिए ।

जितिया पर्व कार्यक्रम आउदो असोज १५ गते खैरहनी नगरपालिका वडा नं. ८ चौबिसकोठिमा गर्ने निर्णय गरिएको उनले बताए ।

यसैगरी हरेक वर्ष आयोजना हुदै आईरहेको नवौं संस्करणको खिचरा महोत्सव बारे जितिया पर्व पछि पुनः छलफल गर्ने साथै चितवनमा परापूर्व कालदेखि बसोबास गर्दै आईरहेका थारु समुदायको मुख्य चाडपर्वहरुमा स्थानीय स्तरबाट बिदाको माग गरिएको चौधरीले बताए । उक्त विदाहरु स्थानीय स्तर (खैरहनी नगरपालिका) मा गर्ने साथै रातो कितावहरुमा उल्लेख गर्नुपर्ने माग बैठकले गरेको उनले बताए ।

थाकस क्षेत्र नं. ७ का सभापति चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा थाकस चितवनका जिल्ला सचिव नन्द लाल चौधरी प्रमुख अतिथि रहेका थिए । बैठकमा केन्द्रिय पार्सद कृष्णलाल चौधरी, पूर्व केन्द्रिय पार्सद चन्द्र कुमारी चौधरी, पूर्व थाकस क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतो लगाएतको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker