रत्ननगरमा उज्जवल साकोसको तीज तथा जितिया विशेष कार्यक्रम

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार तीज तथा जितिया विशेष कार्यक्रम आयोजना गरिएको छ । रत्ननगर १ मा रहेको उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. तीज तथा जितिया पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा अधिकारकर्मी महिलाहरुले तिज र जितीया पर्वलाई परम्परागत रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए । संस्कृति संग जोडिएका तीज र जितीया पर्व पछिल्लो समय रौनक हराउदै गएको भन्दै उनीहरुले पर्वको महत्व जोगाउन आवश्यक रहेको उल्लेख गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि अधिबक्ता फुलमाया रानाभाटले महिला अधिकार र कानुनी प्रबधानका बारेमा प्रकास पारेकी थिइन् । कार्यक्रममा निर्वतमान उपमेयर विमला दुवाडी,महिला विकास अधिकृत दीपा घिमिरे, संस्थाकी पूर्व अध्यक्ष शरला कुमारी सुवेदी, लेखा समिति संयोजक जानकी अर्याल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा कुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सचिव अम्बिका पुरीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा सहभागी महिलाहरुले हरितालिका तीज र जितीया पर्वको एक आपसमा शुभकामना साटासाट तथा सामुहिक रुपमा दर समेत खाएको संस्थाकी व्यवस्थापक हेमा अधिकारीले जानकारी दिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker