चितवनका सिडिओ थापा र एसपी कार्कीसहित ४ पत्रकार वर्ष उत्कृष्ट सम्मानबाट सम्मानित

तीज गीत प्रतियोगितामा दिदी बहिनी समूह पहिलो

चितवन पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको ग्रेट टिभीले तीज महोत्सव २०८० को अवसरमा विभिन्न क्षेत्रमा विषेश योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । हरितालिका तीजको दिन खैरहानीमा रहेको पर्सा बजारमा आयोजना भएको कार्यक्रममा टिभीले सो सम्मान प्रदान गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापा र प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्की ‘वर्ष उत्कृष्ट कुशल प्रशासक’ रुपमा पूर्वी चितवनको खैरहनीमा सम्मानित भएका छन् । ग्रेट टिभि प्रालि र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न ग्रेट तीज महोत्सव २०८० को अवसरमा सिडिओ थापा र एसपी कार्कीसहित विभिन्न विधाका १० जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।
देशको सरकारी सेवामा २०६७ सालदेखि प्रवेश गरी निजामती सेवाको विभिन्न पदमा रही शान्ति सुरक्षा, अमन चयन, सेवाप्रवाह एवम् सुशासन कायम गर्दै सप्तरी जिल्लामा रही धेरै मिटर ब्याजी पीडितलाई न्याय दिलाउन सफल भएकको भन्दै खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती र ग्रेट टिभिका अध्यक्ष रामेश्वर रिजालले संयुक्त रुपमा ‘वर्ष उत्कृष्ट कुशल प्रशासक’ को रुपमा सम्मान–पत्र र खादासहित सम्मान गरेका थिए । यस्तै एसपी कार्कीले २०५८ सालदेखि प्रहरी सेवामा प्रवेश गरी नागरिकको जीउधनको सुरक्षा, कानूनी शासन, मानवअधिकारको रक्षा, नेपाल प्रहरीप्रतिको भरोसा बढाउदै चितवनको शान्ति सुरक्षा कायम गर्न अगल पहिचान बनाएको भन्दै ‘वर्ष उत्कृष्ट प्रहरी प्रशासक’ को रुपमा सम्मानपत्र र खादासहित सम्मान गरिएको थियो । ग्रेट टिभिले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुराउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । सोही अवसरमा चितवनका तीन जना युवा पत्रकारलाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष, सौराहा अनलाईन डिजिटल पत्रिकाका प्रधानसम्पादक, नेपाल टेलिभिजन चितवनका संवाददाता राजेन्द्र आचार्यलाई ‘वर्ष युवा पत्रकार’ पत्रकारिता सम्मान, प्रेस चौतारी नेपाल चितवन जिल्ला ईन्चार्ज र नेपाल प्रेस चितवन संवाददाता प्रतिमा सिलवाल ‘वर्ष उत्कृष्ट महिला पत्रकारिता सम्मान’ र राष्ट्रिय समाचार समिति चितवनका संवाददाता एवम् खबर प्रवाह डिजिटल पत्रिकाका सम्पादक सुरेन्द्र कुँवरलाई ‘वर्ष युवा पत्रकार’ पत्रकारिता सम्मान गरिएको थियो । सोही अवसरमा वर्ष उत्कृष्ट स्वास्थ्यकर्मीबाट डा. सन्देश न्यौपाने, वर्ष उत्कृष्ट शिक्षक तथा थारु पत्रकारबाट कारी महत्तो, वर्ष उत्कृष्ट संगीतकर्मीबाट चर्चीत गायक हरि योञ्जन, वर्ष सर्वोकृष्ट युगल जोडी कृष्णबहादुर श्रेष्ठ र गोमा श्रेष्ठलाई सम्मान गरिएको थियो । महोत्वको तीज प्रतियोगितामा दिदी बहिनी समूह खैरहनी, सम्झौता आमा समूह र खैरहनी हरियाली आमा समूहले क्रमशः पहिलो, द्धितीय र तृतीय स्थान हासिल गरेको अध्यक्ष रिजाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रमथ, द्धितीय र तेस्रो स्थान हासिल गर्ने समूहले क्रमश, रु १५, १० र ५ हजार रुपैयाँ, प्रमाण–पत्र प्राप्त गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker