महिला पुरुष समविकास तथा समावेशिकरण तालिम

रत्ननगर । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला पुरुष समविकास तथा समावेशिकरण तालिम रत्ननगरमा सम्पन्न भएको छ ।

लक्षित वर्ग छनोट समितिका अध्यक्ष यशोदा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख प्रलाद साापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा घिमिरे, लक्षित वर्ग छनोट समितिका सदस्य अनिता अर्यालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जया बुढाथोकीले प्रशिक्षण दिँदै महिला पुरुष समविकासका लागि आर्थिक स्वावलम्बन नै प्रमुख कुरा भएको बताइन् । अझै पनि घरेलु हिंसा र विभिन्न रीतिरिवाजका नाममा महिलाले हिंसा सहँदै आउनु परेको तथ्य पेश गर्दै बचत गर्ने बानी, अनावश्यक खर्च कटौती र उद्यमशिलताले हिंसा न्यूनीकरण हुन सक्ने उनले बताइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker