दोस्रो रत्न प्रिय कप : खेलकुद विकास समिति रत्ननगर-१२ विजयी

रत्ननगर, मंसिर २६ । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत मंगलवार भएकाे खेलमा खेलकुद विकास समिति रत्ननगर- १२ विजयी भएकाे छ ।

मिलिजुली युवा क्लब कालिकालाई १–० को गोल अन्तरले पराजित गर्दै खेलकुद विकास समिति रत्ननगर- १२ विजयी भएको क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए ।

खेलकुद विकास समिति रत्ननगर- १२ का तर्फबाट सजिन थापा मगर जितको लागि निर्णायक एक गोल गरेका थिए । प्रतियोगितामा थापा मगर नै म्यान अफ दी म्याच घोषित भए ।

उनलाई बाघमारा बनका अध्यक्ष जितु तामाङ र सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पाण्डेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवन सहित मकवानपुर, नवलपरासी गरी १० वटा टिम रहेकाे प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

भोली बुधबारको खेल आयोजक रत्न प्रिय क्लब र हेटाैँडा फुटबल एकाडेमी बीच हुने आयोजकले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker