कालिका- १० को वडा कार्यालय भवन उद्घाटन

रत्ननगर, मंसिर २७ । चितवनको कालिका नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन निर्माण भएको छ । नगरपालिकाको १ करोड रुपैँया लगानीमा निर्माण भएको भवनको बुधवार कालिकाका नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गरेका हुन् ।

बैठक हल सहित ६ कोठाको भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने नगरपालिका र वडा कार्यालयको बिस्वास छ । अस्थायीका साथै साँघुरो भवनबाट सेवा दिन समस्या भएको भन्दै नयाँ भवन उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष नर जंग प्रजाको अध्यक्षतामा भएको हो ।

प्रमुख अतिथि नगर प्रमुख रेग्मीले कार्यक्रममा बोल्दै वडा नं. ८ को कार्यालय भवन बाहेक सबै वडाको भवन निर्माण सम्पन्न भईसकेको बताए । यता नगरमा समेत भब्य र सुविधा सम्पन्न कार्यालय भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भई अन्तिम चरणमा रहेको जानकारी दिए । कालिका वडा नं। १० का विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि लगाएतका कार्यहरु अगाडी बढिरहेको बताए ।

उनले भने, ‘वडा कार्यालय राम्रो मात्र भएर हुदैन यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले जनतालाई मुस्कान सहितको सेवा दिनुपर्छ, उनीहरुको समस्या सुन्ने, उत्पादन संग जोडेर आय आर्जनमा विशेष जोड दिनुपर्छ ।’

उप-प्रमुख विमला तामाङले नगरका संस्थापक नगर प्रमुख र उप प्रमुखले नगरका वडा कार्यालय भवनको निर्माण कार्य सुरुवात गरिदिनुभएकोमा खुसी लागेको बताइन् । कार्यालयमा सेवा दिदा यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले मुस्कान सहितको सेवा दिन आग्रह उनले गरिन् ।

उनले भनिन्, ‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’

कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, पूर्वाधार समितिका संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष लक्षमण पौडेल, संस्थापक वडा अध्यक्ष दिल वहादुर गुरुङ लगाएतले मन्तव्य राखेका थिए ।

१० का वडा अध्यक्ष प्रजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २ का वडा अध्यक्ष लक्षमण पौडेल, ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, ५ का वडा अध्यक्ष दिपक वहादुर भट्टराई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, ९ का वडा अध्यक्ष निलकण्ठ मगर, ११ का वडा अध्यक्ष कृष्ण प्रजा, वडा सदस्य, नगरपालिकाका कर्मचारी लगाएतको उपस्थिति थियो ।

नगरका सुचना अधिकारी प्रकाश चन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा नं. १० की वडा सदस्य सुमित्रा तामाङले स्वागत मन्तव्य राखेकी थिईन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker