खैरहनीको जनजीवन मा.वि मा रुपान्तरणका लागि गरेका कामको समीक्षा

रत्ननगर, मंसिर ३० । खैरहनी नगरपालिका वडा नं २ मा रहेको जनजीवन माध्यमिक विद्यालय सञ्चालित रुपान्तरण परियोजनाले विद्यालयको अबस्था फेरिएको छ ।
२०७५ सालमा सुरु भएको त्रिवी रुपान्तरण परियोजनाले विद्यार्थीहरुको अध्ययनलाई आयआर्जनसंग जोडेको छ । आर्थिक रुपमा कमजोर मानिदै आएको सामुदायिक विद्यालयलाई आयआर्जन मार्फत सवल बनाइएको छ । आयआर्जनबाट भएको आम्दानी विद्यार्थीहरुको शिक्षामा खर्च गरिदै आएको छ ।
सो परियोनाले शुक्रवार रुपान्तरण परियोजना प्रबोधीकरणका बारेमा छलफल गरेको हो । परियोजनाले विद्यालयको अबस्था सुधार्न ७ वटा क्षेत्रमा काम गरेको छ ।
उद्यमशिलता तर्फ च्याउखेती, माछापालन, पोषण कार्यक्रम, सिपमा आधारित सेनेटरी प्याड निर्माण, विद्यालय गार्डेन, ईको शौचालय (पिसाव र पानीको मिश्रण गरी विद्यालय गार्डेनमा प्रयोग), विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकाश चन्द्र अर्यालले जानकारी दिए ।
पोषण कार्यक्रम अन्तर्गत विद्यालयमा जंगफुड निषेध गरी दिवाखाजामा विद्यालयमै उत्पादित खाद्यबस्तुहरु प्रयोग गर्दै आइएको छ ।
उद्यमशिलता कार्यक्रम अन्तर्गत विद्यालयका आडैमा च्याउ खेती र माछापालन गरिएको छ । विद्यालयमा करेशाबारी छ । करेशाबारीबाट उत्पादन भएको तरकारी र च्याख तथा माछापालनबाट भएको आम्दानी विद्यार्थीहरुको शिक्षामा खर्च गरिदै आएको अध्यक्ष अर्यालले बताए । विद्यालयमा इकोसान शौचालन छ । त्यहाबाट निस्किने पिसाबको सही सदुपयोग गरी करेशाबारीमा मलको रुपमा प्रयोग गरिदै आएको छ । सो विद्यालयमा परियोजनाले सञ्चालन गरेका कार्यक्रमहरुबाट भएको आम्दानीले विद्यालय चलेको छ ।
शैक्षिक अबस्थामा सुधार आएसंगै सो विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दो छ । शुक्रवार सो विद्यालयमा सञ्चालित रुपान्तरण परियोजनाद्धारा सञ्चालित कार्यक्रमहरुको समीक्षा गर्दै अनुभव आदान प्रदान गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी रुपान्तरण परियोजनाले सामुदायिक विद्यालयको अबस्था सुर्धान गरेको प्रयासको समीक्षा गरिएको हो ।
त्रिवी रुपान्तरण परियोजनाका संयोजक परियोजनाका कार्यक्रम संयोजक प्रा.डा भिमसेन देवकोटाले विद्यालयमा परियोजनाको उद्देश्य र विद्यालयमा आएको परिर्वतनका बारेमा प्रकास पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि डिन शिक्षा शास्त्र संकाय त्रिभुभन विश्व विद्यालयका प्रा.डा चित्र वहादुर बुढाथोकीले अध्ययन र आयआर्जनको पाटोलाई संगसंगै लगेर जनजीवन मा.वि उदाहरणीय बनेको बताए ।
रुपान्तरण परियोजनाले जनजीवन माविमा गरेको कामलाई अन्य सामुदायिक विद्यालयले पनि अनुसरण गर्न आवश्यक रहेको बताए । जनजीवनमा गरेजस्तो काम गर्न चाहने अन्य विद्यालयलाई स्थानीय सरकारले सहयोग गर्ने बताए ।
विद्यालयकी प्रधानाध्यापक अन्जना आचार्यले परियोजना सञ्चालन भएपछि विद्यालयको शैक्षिक तथा भौतिक अबस्थामा परिर्वतन आएको बताइन् ।
कार्यक्रममा खैरहनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेती, वडा नं. २ का पूर्व वडा अध्यक्ष टिका दत्त ईटनी, आधारभुत जनकपुरका प्रधानाध्यापक शेर वहादुर जिसी, खैरहनी मा.वि का प्रधानाध्यापक गोपाल प्रसाद शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद अर्याल, पाराकमिटी सदस्य अर्जुन कुमार सापकोटा, रेफेरेन्स विद्यालयका प्रधानाध्यापक प्रताप ढुङगाना परियोजना फोकल शिक्षिका प्रतिमा शर्मा, परियोजना फोकल शिक्षक डा. यदुराम उप्रेती लगाएतले परियोजनाले पारेको प्रभावका बारेमा मन्तव्य राखेका थिए ।
विद्यालयका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक तेजरज अधिकारीले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker