थारु तथा नेपाली भाषाको दुई गीत ‘हल्का हल्का’ को भिडियो सार्वजनिक

रत्ननगर, पुस ११ । थारु तथा नेपाली भाषाको गीत ‘हल्का हल्का’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीत महेश अफिसियल युट्युब च्यानलबाट बुधवार सार्वजनिक भएको हो । गीतमा शब्द कमल चौधरीको रहेको छ भने स्वर महेश चौधरीले दिएका हुन् ।

गीतमा संगीत कमल चौधरी र महेश चौधरीले दिएका छन् । एरेन्ज केशव बाडुले गरेका छन् । किशोर चौधरीले निर्देशन तथा सम्पादन गरेको थारु म्युजिक भिडियोमा जितेन्द्र महतो र हिना महतो तथा नेपाली म्युजिक भिडियोमा पुजन लामिछाने र सोभा महतोले महतोले अभियन गरेका छन् ।

चितवन, हेटौँडा र चितवनकै इच्छाकामनामा छायांकन गरेको दुवै म्युजिक भिडियोमा वुद्धिराम महतो, लक्ष्मण नेपाल, जितेन्द्र चौधरी, मनोज थारु, भुलन चौधरी लाएत अन्य कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन रवि कोईरालाले गरेकाछन् ।

डियर लभ फिल्मको प्रस्तुति तथा करुण फिल्मको सहकार्यमा निर्माण भएको म्युजिक भिडियोको निर्माता सुखिराम चौधरी हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker