सुजन गुरुङको “झलल देखियो छायाँ” सार्वजनिक

चितवनका प्रतिभाशाली गायक सुजन गुरुङको “झलल देखियो छायाँ” सार्वजनिक भएको छ । चर्चित शब्दरचनाकार यादव लम्सालको शब्द तथा संगीतमा तयार भएको गीतमा सुजन गुरुङ लाई गायनमा चर्चित गायिका पूर्णकला विसीले साथ दिएकी छिन । गणेश चौधरीले संगीत संयोजन गरेको उक्त गीतको रेकर्डिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका हुन् । स्टुडियो ड्रिम्स, पुतली सडक, काठमाण्डुमा रेकर्ड गरिएको यो गीतमा माया पिरतीको भाव प्रस्तुत गरिएको छ ।

सुजन गुरुङको आधिकारीक युट्युव च्यानल “सुजन गुरुङ इन्टरटेनमेन्ट” बाट सार्वजनिक गरिएको गीतलाई दिवस परियार दलेले निर्देशन गरेका छन् । गीतमा पुर्णिमा थापा र अजय श्रेष्ठको अभिनय देख्न सकिन्छ । शिशिर विकको कोरियोग्राफी, प्रदिप कंडेलको छायांकन त्यस्तै रामु आचार्यको सम्पादनमा गीतको भिडियो तयार भएको छ ।

गीतका गायक सुजन गुरुङले आगामी दिनमा दर्शक श्रोताहरुको लागी निरन्तर सांगीतिक प्रस्तुती लिएर आउने बताएका छन् । “झलल देखियो छायाँ” गीतलाई हेरेर आफुलाई प्रतिक्रिया दिन समेत गुरुङले आग्रह गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker