चितवनमा पाैष १७ गते ११औं राष्ट्रिय पोल्ट्री दिवस मनाइने

रत्ननगर । पाेल्ट्रीजन्य बस्तु उत्पादनकाे हिसाब अब्बल सावित हुँदै गएकाे चितवनमा ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाइने भएकाे छ । नेपाल कुखुरा व्यवसायी मन्चले सप्तहा व्यापी कार्यक्रमकाे आयाेजना गरि दिवस मनाउन लागेकाे हाे । मञ्चकाे मंसिर १९ गते भएको कार्यसमितिको बैठकले मञ्चले सरकारी, निजी क्षेत्र, शैक्षिक क्षेत्र संग आवश्यक समन्वय र सहकार्य गरी यहि पौष १७ गते ११ औ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा सप्ताह व्यापी रुपमा मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए । राष्ट्रिय पोल्ट्री दिवसलाई अण्डा र मासुको उपयोगिता बारे स्कुल शिक्षा कार्यक्रम, विद्यार्थीहरु बीच प्रतियोगितात्मक कार्यक्रम, चिकेन एण्ड एग फेष्टिवल, खुल्ला भिडियो प्रतिस्पर्धा, प्रभात फेरी र रक्तदान, चितवन प्रवेश गर्ने ३ वटा नाकामा होर्डिङ बाेर्ड राखिने मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले जानकारी दिए । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरिएको छ । नेपाल सरकारले २०७० साल देखि हरेक बर्ष पौष १७ गते राष्ट्रिय पोल्ट्री दिवस मनाउने परम्पराको थालनी गरेको छ । यस बर्षको राष्ट्रिय पोल्ट्री दिवस मनाउन सरकारी निकायहरु, स्थानीय निकायहरु, निजी क्षेत्र, पशुचिकित्सक, शैक्षिक संस्थाहरु, पोल्ट्री व्यवसायीहरु बीच सहकार्य गरी आम उपभोक्ताहरुमा मासु र अण्डामा महत्व बुझाउन समुदाय केन्द्रित कार्यक्रम आयाेजना गरिएकाे महासचिव विसुरालले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker