हरिहर मन्दिरमा महायज्ञको आम्दानी खर्च सार्वजनिक

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ निपनीमा रहेको गायत्री हरिहर मन्दिरमा आयोजना गरिएको महायज्ञको आयव्याय सार्वजनिक गरिएको छ । मन्दिर परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको छ । महायज्ञमा २८ लाख ११ हजर ४७८ आम्दानी भएको र ५ लाख ९५ हजार ८५७ खर्च कटाएर २२ लाख १५ हजार ६२१ बचत भएको कोषाध्यक्ष मुकुन्द शर्मा आचार्यले जानकारी दिए । वडा नं१ का वडा सदस्य गिरिराज लम्साल प्रमुख अतिथि रहेको सो कार्यक्रम मन्दिर व्यवस्थापन समितिका कार्य बहाक अध्यक्ष निलकण्ठ शर्मा पौडेलको अध्यक्षतामा भएको थियो । महायज्ञ मुल आयोजक समितिकी संयोजक राधिका मिश्र, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज शर्मा पौडेल, शोभायात्रा व्यवस्थापन समिति संयोजक अम्विका पुरी, मन्दिरका पूर्व अध्यक्ष नारायण प्यासी, कार्यसमिति सदस्य रामप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए । मन्दिर तथा धर्मशाला निर्माण र गुरुकुलम सञ्चालनको लागि आर्थिक संकलन गर्न पौष ४ देखि ११ गते सम्म महायज्ञ सञ्चालन गरिएको हो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker