खिचरामा दुई पत्रकार सम्मानित

खैरहनी । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ । खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अबसर पारेर जननिकास डटकमका सञ्चालक दिलीप डल्लाकोट र थारुवान डटकमका चितवन संवाददाता कारी चौधरीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

पत्रकारिता मार्फत थारु संस्कृतिको संरक्षणमा योगदान गरेको भन्दै डल्लाकोटी र चौधरीलाई सम्मान गरिएको हो । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलिया र थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष रामेश्व चौधरीले डल्लाकोटी र चौधरीलाई नगद सहित सम्मानपत्रले सम्मान गरेका थिए । साथै महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker