झुवानीमा स्वास्थ्य शिविर : १५७ जनाकाे स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं ५ झुवानीमा शुक्रबार आयाेजना गरिएकाे नि:शुल्क शिविरमा १५७ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे छ ।

झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाकाे सयुक्त आयाेजनामा गरिएकाे शिवरमा १३० जना महिला सहित १५७ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे हाे ।

शिविरमा ९५ जनाकाे पाठेघरकाे मुखकाे क्यान्सर परीक्षण, १७ जनाकाे ईसीज सहित दीर्घ तथा अन्य राेगहरुकाे परीक्षण गरि नि:शुल्क अाैषधि वितरण गरिएकाे थियाे । शिविरमा डा. गाैरीराम महताे र डा.निर्मलालक्ष्मी श्रेष्ठ नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेलीले विरामीकाे उपचार गरेकाे हाे ।

शिविरकाे प्राविधिक सहयाेग नेशनल सिटी हस्पिटल तथा वडा नं ५ वडा कार्यालयकाे सहयाेग रहेकाे थियाे । पुस्तकालयका उपाध्यक्ष शेषप्रसाद सापकाेटाकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे थियाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker