उद्योग वाणिज्य संघ–चितवनका सदस्यले चितवनका विभिन्न हस्पिटल तथा हस्पिटालीटी सेवामा छुट पाउने

६ फाल्गुन, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवन देखी पोखरा सम्ममा व्यवसायिक प्रतिस्ठानहरुले छुट दिने भएका छन ।

उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई होटल रोयल सेन्चुरी प्रा. लि. भरतपुर–१०, चितवन र गन्तव्य रिसोर्ट, पोखरा–१९ लेकसाइड कास्कीले छुट दिने भएका छन । आज एक कार्यक्रमका विच छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्व अन्र्तगत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभएको थियो ।
कार्यक्रमममा होटल रोयल सेन्चुरीका म्यानेजिङ्ग डाईरेक्टर सुभास प्रधानले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउ“दा खुसी लागेको बताउ“दै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउ“दै लैजाने बताउनुभयो ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्नेछ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी गराउनुभएको थियो ।
सदस्यहरूले रोयल सेन्चुरी होटलको आवासमा ३५ प्रतिशत र फुड एण्ड व्यवरेजमा १५ प्रतिशत छुट पाउने र गन्तव्य रिसोर्ट पोखरामा आवासमा २५ प्रतिशत र फुड एण्ड व्यवरेजमा १५ प्रतिशत छुट सुविधा पाउने भएका छन ।
यस पूर्वनै सम्झौता पत्रमा हस्तक्षर भई छुट उपलब्ध गराईरहेका व्यवसायिक प्रतिस्ठानहरु एन. पि. आई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज (ऋःऋ), कलेज अफ मेडिकल साइन्स (ऋइःक्) टिचिङ्ग हस्पिटल, चितवन मुटु हस्पिटल प्रा.लि., निको चिल्डेन हस्पिटल, चितवन मिड टाउन रिसोर्ट प्रा. लि. (ऋःत्), ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., भरतपुर गार्डेन रिसोर्ट प्रा. लि., अशोका रिसोर्ट प्रा.लि., रोज गार्डेन रिसोर्ट र होटल सिराईचुलीले पनि संघका सदस्यहरुलाई छुट सुविधा उपलब्ध गराउदै आएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker