खैरहनीको नेपाल रेडक्रस सोसाइटी कठार उपशाखामा निःशुल्क आंखा शिविर सम्पन्न

फागुन ११, चितवन । चितवनको खैरहनी नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटी कठार उपशाखाको प्रांगणमा निःशुल्क आंखा शिविर सम्पन्न भएको छ । आइ फोर क्याम्प चितवन, सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन, भरतपुर आंखा अस्पताल चितवन र नेपाल नेत्रज्योति संघको संयुक्त आयोजनामा निःशुल्क आंखा शिविर सम्पन्न भएको हो ।

चितवनका विभिन्न ६ ठाउंहरुमा आयोजना भैरहेको ६ दिने निःशुल्क आंखा परिक्षण शिविर दोस्रो दिन खैरहनी नगरपालिका वडा नं. १० मा सम्पन्न भएको हो । शिविरमा ५ सय २१ जनाले निःशुल्क आंखा जांचको सेवा लिएका छन् । आंखा जांच गराएका मध्य ३ सय जनालाई निशुल्क चश्मा वितरण गरिएको छ भने ३ सय ५० जनालाई निशुल्क औषधी वितरण गरीएको छ । त्यस्तै शल्यक्रिया गर्नुपर्ने ५४ जनालाई मोतियाविन्दुको शल्यक्रियाका लागि आजै भरतपुर आंखा अस्पताल लगि शल्यक्रियाको प्रकृया मिलाइएको सपोर्ट एन केयरका संयोजक प्रकाश साहले जानकारी दिनु भयो ।

खैरहनी नगरपालिकाका वडा नं. १० वडा अध्यक्ष चन्द्र विक्रम चौधरी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जर्मनी टिमका प्रतिनिधि बिग्रीट, काटीया, भरतपुर आंखा अस्पतालका बाह्यि कार्यक्रम संयोजक रमेश घिमिरे, खैरहनी नगरपालिका वडा नं. १० का वडा सदस्य सुरेन्द्र चौधरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा कठारका अध्यक्ष खडानन्द सिलवाल विशिष्ट अतिथि रहनु भएको थियो । जर्मनी टिमका प्रतिनिधीहरु र कठार स्वास्थ्य चौकी प्रमुख धन बहादुर गुरुङ अतिथि रहनु भएको थियो । जर्मनी टिमको लगानी, सपोर्ट एन केयरको व्यवस्थापन र आइ फोर क्याम्प चितवन, भरतपुर आंखा अस्पताल, नेत्रज्योती संघ रत्ननगर, रत्ननगर नगरपालिका, कालिका नगरपालिकाको संयुक्त आयोजनामा भएको निःशुल्क आंखा शिविर कार्यक्रम सर्पोट एन केयर पुर्नस्थापना केन्द्र रत्नगरका संयोजक प्रकाश साहको अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरमा सबै उमेर समुहका मानिसहरुको आंखा जांच गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker