निजी क्षेत्रका रोजगारदातालाई रोजगारदाता डाटाबेस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२९ फाल्गुन, भरतपुर
उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज एक दिने निजी क्षेत्रका रोजगारदातालाई रोजगारदाता डाटाबेस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा कार्यक्रम भएको हो ।
उद्योगी व्यवसायीलाई सिपयुक्त कर्मचारी छनोट गर्न सहज बनाउने उद्देश्यले निजी क्षेत्रका रोजगारदातालाई रोजगारदाता डाटाबेस सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुले दक्ष कर्मचारी पाउन गाह्रो भएको अवस्थामा यस प्लेटफर्म मार्फत सक्षम व्यक्ती सहज तरिकाबाट पाउने अपेक्षा राख्दै उहाँले उद्योग वाणिज्य संघ–चितवन संग सहकार्य गरेर उद्योगी व्यवसायीहरुलाई रोजगारदाता डाटाबेस सम्बन्धी सिकाउने कार्य गरेकोमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले उद्योगी व्यवसायी र कामदार विचको दुरी घटाउन यो डाटावेश निर्माण गरेको बताउदैँ उहाँले आगामी दिनमा पनि सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य संघ–चितवन लगाएत चिनवनका उद्योगी व्यवसायीहरु सँग सधै सहकार्य गरेर अगाडी बढ्ने बताउनु भएको थियो ।
कार्यक्रममा एनभिक्यूएस परियोजनाका प्राविधिक अधिकृत सुरेन्द्रकुमार रायले डाटावेसका फाईदा, डाटावेसमा सुचिकरण हुने तरीका र डाटावेसको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्दै उपस्थित सवैलाई डाटावेसमा सुचिकरण  हुन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष नारायण प्रधान, कार्यसमिति लगाएत विभिन्न व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थिति रहको थियो ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका चन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker