हेटौंडामा एक्सपर्ट कन्क्लेभः विद्यार्थीको उल्लेख्य सहभागिता, डिआरएसले तान्यो ध्यान

हेटौंडा, चैत ४–
उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी हेटौंडामा एक्सपर्ट एजुकेशन कन्क्लेभ गरिएको छ ।
हेटौंडास्थित पारीजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता देखिएको छ । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड, आयरल्याण्ड, क्यानडा र युएसएका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको शाखा प्रबन्धक अच्युत चालिसेले जानकारी दिए ।


सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । सो क्रममा कन्क्लेभमा सहभागि विद्यार्थीहरुले डिआरएसका खेलाडीहरुसंग अन्तरक्रिया तथा फोटोसेसन गरेका थिए । डिआरएसका अप्रेशन प्रमुख संगीन भट्टराईले हेटौंडाका शुभेच्छुकहरुसंग प्रत्यक्ष भेटघाट गर्न पाउनु खुशीको कुरा भएको बताए । ‘यो अवसरका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई धेरै धेरै धन्यवाद, शुभेच्छुकहरुसंग अन्तरक्रिया गर्न पाउनु खुशीको कुरा हो ।’


डिआरएससंग भेट्न र फोटोसेसनमा सहभागि हुन पाउँदा विद्यार्थी तथा शुभेच्छुकहरु खुशी भएका थिए । डिआरएसका खेलाडीबाट उनीहरुकै जर्सी उपहार पाएका हेटौंडा बसामाडीका इन्द्र गौतम भन्छन्–‘आज डिआरएसका खेलाडीहरुसंग प्रत्यक्ष भेट्न पाउँदा नसोचेको सपना पुरा भएको महसुस भएको छ, म ज्यादै खुशी छु, यो अवसरका लागि एक्सपर्ट एजुकेशनलाई धेरै धेरै धन्यवाद ।’ कन्क्लेभमा सहभागि २० जनाले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी उपहार पाएका थिए ।
डिआरएसका खेलाडीहरु आजै चितवनको रत्ननगरस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा समेत पुगेर शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । सो क्रममा उनीहरुले फोटोसेसनका साथै आफ्नो जिज्ञाशा राखेका थिए । डिआरएसको टिम भोलि (सोमबार) भरतपुरस्थित बेस क्याम्पमा हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुँदैछ । शुभेच्छुकहरुले भरतपुरमा डिआरएसंग भेटघाट तथा फोटोसेसनमा सहभागि हुन सक्ने छन् ।

भरतपुरमा भोलि (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै, सहभागि हुनेलाई उपहारै उपहार
चितवन, चैत ४–
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा भोलि (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदैछ ।


भरतपुर–१०, स्थित बेस क्याम्पमा हुने कन्क्लेभको सम्पूर्ण तयारी पुरा भइसकेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कन्क्लेभको फाइदा उठाउन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्सपर्ट चितवनले आह्वान गरेको छ । पछिल्लो समय विद्यार्थीहरुको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ । त्यसैले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श गर्न सकिने भएकाले सबैलाई कार्यक्रममा सहभागि हुन एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक अधिकारीले आह्वान गरे । ‘यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको बारेमा बुझ्नु नै हुनेछ, त्यसका अलवा विद्यार्थी तथा अभिभावकहरुले आयरल्याण्डको शिक्षाको बारेमा पनि बुझ्न पाउनु हुनेछ, त्यसैले यो मौकाको फाइदा उठाउन सबैमा आह्वान गर्दछु ।’


कन्क्लेभमा सहभागि हुनेले विभिन्न उपहारहरु पाउने छन् । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी पाउने छन् भने मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउने छन् ।


एक्सपर्ट केही महिना पहिले क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर गरि सकेको छ । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker