बछौली नारी चेतनाको रजतजयन्ती : सहकारीकर्मी सम्मानित

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ स्थित बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले रजतजयन्तीको अबसरमा संस्थाको संस्थागत विकासमा योगदान गरेका पाँच दर्जन सहकारीकर्मीहरुलाई सम्मान गरेको छ ।

बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी रजत जयन्ती समारोहको समापनसंगै स्मारिका र क्यालेण्डर विमोचन तथा २१ जना ज्येष्ठ शेयर सदस्य सहित पाँच दर्जन सहकारीकर्मीहरुलाई सम्मान गरिएको संस्थाकी व्यवस्थापक शारदा विडारीले जानकारी दिइन् । संस्थाकी अध्यक्ष भागिरथी कुमारी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय भगवती विडारी सहित तदर्थ तथा संस्थापक समितिका पदाधिकारी तथा सदस्यहरु, पूर्व सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ ।

त्यसैगरी संस्थापक कर्मचारी जेनी चौधरी, शरदा अधिकारी विडारी सहित भवन निर्माणमा सहयोग गर्ने रामु रिजाल, संस्थागत विकासमा योगदान गर्ने अडिर्टर मिष्टरबाबु घिमिरे, टुहर महतो, जग्गा उपलब्ध गराउने, बछौली मावि, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बासु चौधरी, बाघमारा वन, देवराज चौधरी, रामहरि मरहठ्ठा, हरिभक्त घिमिरे लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी ज्येष्ठ शेयर सदस्यहरु कंगली थरूनी, चितरी थरूनी, फुलमतिया थरुनी, विक्रमिया थरुनी, सोहदरिया थरुनी, जियनी थरुनी, एतोरिया थरुनी, विसरी थरुनी, यमकुमारी पाण्डे, प्रभादेवी थरुनी, खटेली थरुनी, भवानी रिजाल, कृष्णकुमार गुरुङ, पदम कुमारी पौडेल, बालिका कुमारी उप्रेती,यमकुमारी अधिकारी, चन्द्रकुमारी अधिकारी, फुलमाया भण्डारी, विकली थरुनी, चन्द्रिका बस्नेत र देवमाया घिमिरेलाई पोष्टिक आहार सहित सम्मान गरिएको छ ।

कार्यक्रममा रजत जयन्तीको अबसरमा प्रकाशित स्मारिका र २०८१ सालको क्यालेण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर प्रलाद सापकोटाले सौराहाको पर्यटनलाई केन्द्रित गरि विपन्न महिलाहरुको आयआर्जन र उत्पादनमुलक कार्यमा लगानी गर्न आग्रह गरे । महिलाहरुले उत्पादन गरेका बस्तुहरु सौराहामै विक्री गर्न सक्ने गरि लगानी गर्न सहकारीलाई उनले आग्रह गरे ।

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य बविता चौधरी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला, सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपाने, रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्याल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण चौधरी, सहकारी डिभिजन कार्यालयका पूर्व प्राचार्य केशब बहादुर थापा, जिल्ला सहकारी संघका सचिव शरद बर्ताैलाले मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष पवित्रादेवी घिमिरेले स्वागत राखेको सो कार्यक्रम सचिव शान्ता पराजुली र व्यवस्थापक शारदा विडारीले सञ्चालन गरेकी थिइन् ।

रजतजयन्तीको अबसरमा सो सहकारीले झुवानी माविका दृष्टिविहीन विद्यार्थीहरुलाई खाना खुवाउने, महिलालाई दुना,टपरी तथा बत्ती काट्ने तालिम, अग्नी नियन्त्रण तथा सरसफाई कार्यक्रम, डिजिटल सफ्टबेयर तथा अनलाईन सुचना सम्बन्धी प्रशिक्षण, शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण, युवाहरुको लागि वित्तीय साक्षरता, सहकारी दिवसमा दीप प्रज्वलन कार्यक्रम गरिएको व्यवस्थापक विडारीले जानकारी दिइन् ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker