रत्ननगरमा ग्यासमा हुने आगलागीबाट बच्ने उपायबारे प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार भान्सामा सिलिण्डर ग्यासमा हुने आगलागी र बच्ने उपायका बारेमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा सिलिण्डर ग्यासमा आगलागी हुन नदिन अपनाउनु पर्ने सर्तकता र आगलागी हुँदा बच्ने उपायका बारेमा प्रशिक्षण दिइएको थियो ।

श्री नं.२ विपद् व्यवस्थापन गण, रसौलीको सम्वन्यमा भएका कार्यक्रममा महिलाहरुलाई ग्यासमा आगोलागे त्यसलाई निभाउने तरिका समेत सिकाइएको छ । संघका अध्यक्ष शंकर गिरीले व्यवसायिक सुरक्षासंगै संघले सामाजिक उत्तरदायित्व बहन गर्दै रचनात्मक कार्यक्रम गरेको बताए । श्री नं.२ विपद व्यवस्थापन गणका प्रमुख सेनानी कुलचन्द्र श्रेष्ठले भुकम्प, वाढीपहिरो, विपद व्यवस्थापन सम्वन्धी कार्यहरु गर्दै आइरहेको समाज भन्दै विपद् व्यवस्थापनको लागि समुदाय स्तरमा जनशक्ति उत्पादन गर्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।

संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी प्रवद्र्धन समितिका संयोजक लक्ष्मी श्रेष्ठ कर्माचार्यले धन्यवाद मन्तव्य राखेकी थिइन । ५५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रम संघका महासचिव श्री उपेन्द्र शर्मा आचार्यले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा श्री नं.२ विपद व्यवस्थापन गणका सेनानी हरि नारायण पौडेल सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी रन्जना श्रेष्ठ र सम्झना श्रेष्ठले साधन भएर पनि सहि सदुपयोग गर्न नजानेको कारण दुर्घटना हुने यसबाट बच्ने उपायका बारेमा ज्ञान हासिल गरेको बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker