‘गोर्खा वारियर’ निर्माता राईद्वारा ‘मेरा पिक हिमाल’ आरोहण

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • फिल्म ‘गोर्खा वारियर’का निर्माता तथा पूर्वगोर्खा सैनिक सुमन राईले सोलुखुम्बुको ६,४७६ मिटर अग्लो 'मेरा पिक' हिमाल सफलतापूर्वक आरोहण गरेका छन्।
  • उनले आफ्नो अबको लक्ष्य सगरमाथा आरोहण रहेको बताएका छन्।
  • राईद्वारा निर्मित तथा मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ले बेलायतको आइम्याक्स सिनेवल्र्डमा प्रिमियर गरेर कीर्तिमान राखेको थियो।
00:00 / 00:00
🔊
Audio By AI

काठमाडौँ । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’का निर्माता सुमन राईले साेलुखुम्बुको ६ हजार ४ सय ७६ मिटर अग्लो ‘मेरा पिक’ हिमालको सफल आरोहण गरेका छन् ।

केही दिनअघि उक्त हिमाल आरोहण गरेको बताएका राईले अबको लक्ष्य सगरमाथा आरोहण रहेको पनि जानकारी दिए ।

पूर्वगोर्खा सैनिकसमेत रहेका राई निर्मित फिल्म ‘गोर्खा वारियर’ मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्मले  बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गर्दै नेपाली फिल्मको इतिहासमा एउटा कीर्तिमान राख्न सफल भएको थियो ।

एक्सन जनरमा निर्माण भएको फिल्ममा रितेशसँगै बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारको अभिनय छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्मातामा सुस्मिता वाइवा, सुमन राई हुन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI